Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

सधैँ रिक्त रहने स्थानीय तह निमित्तको भरमा

खबरडबली संवाददाता

काठमाडौं। ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा महिनौँदेखि शिक्षा सेवातर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पूर्ण रूपमा कामबारे जानकारी नहुँदा विकास निर्माण, सेवा प्रवाह, समन्वय र सहजीकरणमा समस्या पर्दै आएको छ । 

जाजरकोटको कुसे गाउँपालिकामा पनि पाँच महिनादेखि स्वास्थ्य सेवातर्फका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । यहाँ २०७४ सालदेखि अधिकांश समय निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै काम गर्दै आएका छन् । 

बाराको महागढीमाई नगरपालिकामा एक वर्षदेखि इन्जिनियरिङ सेवाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै सेवा प्रवाह गर्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयन र सेवा प्रवाहमा समेत समस्या पर्दै आएको ती स्थानीय तहले जनाएका छन् । 

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाको हुनुपर्ने व्यवस्था छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका यी स्थानीय तह प्रतिनिधि मात्र हुन् । कुल ७५३ स्थानीय तहमा अहिले १८७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा इन्जिनियरिङ सेवा, स्वास्थ्य, कृषि, भेटेरिनरी, शिक्षालगायत सेवाका कर्मचारीले निमित्त अधिकृत भएर काम गर्दै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत गैरप्रशासन सेवाको हुँदा योजना तथा बजेट कार्यान्वयनमा समस्या, आवधिक तथा वार्षिक नीति निर्माणमा कठिनाइ, अन्तरतह समन्वयमा सुस्तता र सेवा प्रवाहमा अन्योललगायतका समस्या आउने गरेको स्थानीय तहका जनप्रतिनिधिले गुनासो गरेका छन् । 

मेरिङदेन गाउँपालिका अध्यक्ष युक हां वीर हाँगाम् (डम्बर) ले गाउँपालिकामा तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नभई निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेकाले विकास निर्माण र सेवा प्रवाहमा अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको बताए । 

“निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट कामको परिणाम आउन सक्दैन, जसोतसो काम चल्ने मात्र हुन्छ । अहिले योजना धमाधम कार्यान्वयन गर्ने बेला भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा नियमित सेवा प्रवाह र विकास निर्माण योजना सञ्चालनमा कठिनाइ हुने गरेको छ,” उनले भने ।

बाराको महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानूले एक साताअघि मात्र इन्जिनियरिङ सेवाका कर्मचारीले एक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको बताए । उनले भने, “खाता सञ्चालन भएको छैन, योजनाको भुक्तानी दिने बेलामा लामो समयसम्म प्रमुख प्रशासकीय नहुँदा नियमित काममा नगरपालिकालाई चरम समस्या हुँदै आएको छ ।” स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा कतिपय कर्मचारीले लामो समयदेखि तलब भत्तासमेत पाउन सकेका छैनन् । 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अहिले स्थानीय तहमा विकास निर्माण धमाधम चलिरहेकाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माण अलपत्र पर्दै आएको बताए। “स्थानीय तहमा अहिले कतिपय योजनाको भुक्तानी दिने बेला भएको छ, उपभोक्ता समितिका पदाधिकारीले स्थानीय तहमा भुक्तानीका लागि धर्ना दिने गरेका छन् तर कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पन्न योजनाको रकम भुक्तानी दिन सकिएको छैन,” पाण्डेले भने । 

सधैँ रिक्त स्थानीय तह 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार करिब दुई सय स्थानीय तहमा सधैँजसो प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदै आएका छन् । २०७४ सालमा पहिलो पटक भएको स्थानीय तह निर्वाचनदेखि अहिलेसम्म न्यूनतम दुई सयदेखि अधिकतम २८० स्थानीय तहमा सधैँजसो प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदै आएका छन् । 

मन्त्रालयका सचिव रविलाल पन्थले स्थानीय तहमा एकै पटक प्रमुख प्रशासकीय अधिकृत पठाउन कठिन हुने गरेको बताए । उनका अनुसार पछिल्लो समय ३९ जना उपसचिवलाई मन्त्रालयले स्थानीय तहमै पठाएको हो । पन्थले भने, “तर पुराना प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाट बाहिरिने र नयाँ कर्मचारीलाई स्थानीय तहमा पठाउने क्रम चलिरहँदा पूर्ण रूपमा स्थानीय तहमा भने प्रमुख प्रशासकीय अधिकृत पूर्ति गर्नै कठिन हुँदै आएको छ ।”  यो समाचार नगेन्द्र सापकोटाले गोरखापत्र दैनिकमा लेखेका छन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending