Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

जहाँ समुदायले तोक्छ काम गर्ने समय

खबरडबली संवाददाता

हुम्ला  ।  हुम्लाको नाम्खा–६ मा पर्छ हल्जी गाउँ, जहाँ ९० घरधुरीको बसोबास छ । उनीहरूले जति पनि र जुनसुकै बेला पनि खेतीपातीलगायतका काम गर्न पाउँदैनन् । कुन काम कति समयसम्म गर्ने भनेर समुदायले तोकिदिन्छ । ६० वर्ष नाघेका र १२ वर्ष मुनिकालाई भने काममा लगाउन नपाइने नियम छ ।

हल्जीमा उवा र जौ बाली मात्रै उत्पादन हुन्छ । खेती लगाउने र काट्ने बेला कामको धेरै चाप हुन्छ । त्यति बेला पनि दिनमा ५ घण्टा मात्र काम गर्ने समयसीमा तोकिएको छ । ‘यो बेला बिहान ६ देखि ११ बजेसम्म मात्र बारीको काम गर्न मिल्छ,’ वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘बिहानै कोही पनि काममा निस्किन पाउँदैन । काममा ढिला निस्किए फरक पर्दैन तर ११ बजेपछि काम गर्न पाइँदैन ।’ बिहानदेखि बेलुकीसम्म काम गर्दा बिरामी पर्न सक्ने हुनाले निश्चित समय तोक्ने गरिएको उनले बताए । हल्जीमा प्रायः काम सामूहिक रूपमा गर्ने चलन छ ।

हरेक वर्ष चैत–वैशाखतिर समुदायको भेला गरेर खेतीपातीदेखि चरिचरनसम्मका काममा समयसीमा तोक्ने गरिन्छ । नियमित घरायसी र सामान्य काममा भने यस्तो बाध्यता नभएको वडाध्यक्ष तामाङ बताउँछन् । नियम पालना भए–नभएको हेर्न ४ महिला र ३ पुरुषको समिति बनाइएको हुन्छ । अहिलेको समिति पछिल्लो स्थानीय तहको चुनावकै बेला गठन गरिएको हो । समितिमा वडाध्यक्ष र सदस्यहरू संरक्षकको भूमिकामा हुन्छन् ।

खेतीपातीबाहेकका काममा पनि बिहान कुन समयमा निस्कने र दिउँसो वा साँझ कति बेला फर्किने भनेर सामूहिक छलफलबाटै टुंगो लगाइन्छ । केही काम ८ घण्टासम्म गर्न सकिने नियम पनि हुन्छ । काम गर्ने समयावधि

तोक्ने चलनबाट स्थानीय खुसी नै रहेको स्थानीय लुन्डुप तामाङले बताए । उनका अनुसार नियम मिच्नेलाई कारबाही पनि हुन्छ । बालबालिकाले १८ वर्ष पुगेपछि मात्र सामाजिक काम गर्न पाउँछन् । वृद्धवृद्धा र बालबालिकाले सक्दैनन् भनेर काममा लगाइँदैन ।

स्थानीय छिरिङ न्यान्डक तामाङका अनुसार गाउँमा ड्रोङग्पा, मेरे र बोम्ता गरी तीन प्रकारले परिवारको विभाजन गरिएको हुन्छ । पहिलो नम्बरमा राखिने हुने–खानेको परिवारलाई ड्रोङग्पा भनिन्छ । सामूहिक रूपमा गरिने काममा ड्रोङग्पाको घरबाट एक जना मात्र सहभागी भए पुग्छ । मेरेको घरबाट दुई जना जानुपर्छ । बोम्ताको घरबाट दुई जनाभन्दा बढी सहभागी हुनुपर्ने चलन छ । स्थानीयले वर्षमा दुई पटक बैठक बसेर गाउँमा भएका काम र नीति–नियम पालनाबारे समीक्षा गर्छन् ।

समुद्री सतहबाट ३ हजार ६ सय ६० मिटर उचाइमा रहेको हल्जीका बासिन्दा बसाइँ सर्दैनन् । बसाइँ सरेर अन्त गए राम्रो हुँदैन भन्ने उनीहरूको मान्यता छ । व्यापार, व्यवसाय तथा अन्य कामका सिलसिलामा बाहिर गए पनि गाउँ फर्कनुपर्ने मान्यता स्थानीयमा छ । घरपरिवारमा अशान्ति हुने, बालबच्चाको शिक्षादीक्षा रोकिने, आँटेको र सञ्चालन भइरहेको व्यापार व्यवसायमा असफलता भोग्नुपर्ने डरले बसाइँसराइ नगर्ने चलन रहेको स्थानीय बताउँछन् ।

हल्जीमा एक हजार वर्षभन्दा पुरानो हल्जी गुम्बा छ । त्यसलाई धार्मिक तथा ऐतिहासिक रूपले निकै महत्त्वपूर्ण मानिन्छ । गुम्बा जीर्ण बन्दै गए पनि पुनर्निर्माण गर्न स्थानीय डराउँछन् । मुख्य गुम्बालाई बलियो बनाइराख्न काठको टेको लगाइएको छ ।

हल्जी गाउँका बासिन्दा कुनै समय भेडा, च्यांग्रा, चौंरीपालन पनि गर्थे । स्थानीय उत्पादनलाई हुम्ला बजार र तिब्बततिर पठाउँथे । अचेल उनीहरूले पशुपालन छाडेका छन् । मजदुरीका लागि तिब्बततिर जाने चलन छ । ‘मजदुरीबाटै धेरैले जीवन निर्वाह गरिरहेका छन्,’ वडाध्यक्ष तामाङले भने  । याे समाचार वीरेन्द्रनगरबाट तृप्ति शाहीले कान्तिपुर दैनिकमा लेखेकी  छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending