Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

चरित्र पुँजीवादको, नारा समाजवादको

विदुर कटुवाल
विदुर कटुवाल

अहिले नेपालमा पुँजीवादविरुद्ध समाजवादको नारा चर्को रूपमा लागिरहेको छ । यसबारे अर्थशास्त्री, राजनीतिज्ञ र समाजशास्त्रीले गर्ने विश्लेशण एक मतको छैन । त्यही भएकाले पार्टी नेतृत्व, विश्लेषक, विद्वान्ले कहिले कालोलाई हरियो देख्छन् । कहिले हरियोलाई रातो त रातोलाई नीलो देख्छन् ।

हाल विश्वमा पुँजीवाद विभिन्न नाममा परिचित छ । त्यसमा अहिलेको विज्ञान र प्रविधिको विकासले पुँजीवादलाई झनै ठुलो संस्थागत सहयोग पुगेको छ । पुँजीवादका नयाँ–नयाँ ‘भेरियन्ट’ देखापरिरहेका छन् । यसमा पुँजीवादको नयाँ भेरियन्टचाहिँ ‘निगरानी पुँजीवाद’ हो । यो नयाँ भेरियन्टलाई पनि विश्वभरका प्रजातिन्त्रक र कम्युनिस्ट पक्षधरका अर्थशास्त्री, समाजशास्त्री राजनीतिज्ञले नेपालकै शैलीमा आफूअनुकूल व्याख्या गरिरहेका छन् । नेपालमा तर्क–वितर्क जे भए पनि दासयुगको चरणमै विकास भएको पुरानै शैलीको दलाल नोकरशाही पुँजीवाद मौलाएको छ । यसमा पार्टी नेतृत्व, विश्लेषक विद्वान्का फरक–फरक तर्क आउलान् रु गणतान्त्रिक नेपालमा सत्ता र शक्तिमा पुग्नेहरूको आचरण हेर्दा पुरानै दास र मालिकको प्रवृत्ति छ । नेतृत्वमा सामन्ती शासन शैलीको प्रवृत्तिले मानसिकतामा जरो गाडेको छ । दलका नेता, कार्यकर्ता, विश्लेषक, विद्वान्ले मालिक र दास प्रवृत्तिमा आफूलाई उभ्याइरहेका छन् । जुन दलाल नोकरशाही पुँजीवादमा ठ्याक्कै मिल्छ । त्यही कारण पुँजीवादबारे आफू र आफ्नो समूह अनुकूल व्याख्या छ । त्यसमा पनि हाल पुँजीवादविरुद्ध समाजवादको नारा चखिलो सुनिन्छ । संविधानमा ‘समाजवाद’उन्मुख लेखेपछि, समाजवाद यत्रतत्र सुनिन्छ । कम्युनिस्ट विचारमा आस्था राख्ने दलले आफूलाई समाजवादी भनेर चिनाउने नाममा ‘समाजवादी’ फुर्को जोडेका छन् । समाजवाद र पुँजीवादको तुलना गर्दै व्यख्या सुनाउँछन् । यता प्रजातान्त्रिक विचार बोक्ने कांग्रेसले पनि समाजवाद आफ्नो लक्ष्य भएको बताउँछ । तर, ऊ पुरानै दलाल नोकरशाही पुँजीवादी कित्तामै टक्क उभिएको छ । पुँजीवाद र समाजवाद विपरीत हुन् । पुँजीवादमा निजी क्षेत्रमा आधारित हुन्छ । समाजवादमा सरकार र जनताको साझा स्वामित्व हुन्छ । स्वास्थ्य, शिक्षा, धर्म, संस्कार संस्कृति, गरिबी, पछौटेपन, भेदभावको समेत व्यापार हुन्छ । समाजवादमा त्यो हुँदैन ।

पुँजीवादले समानतामूलक समाज निर्माणमा सहयोग गर्दैन । वर्गविभेद बढाउँछ । तर, विश्वका कम्युनिस्टइतर समूहका देशमा हाल पुँजीवाद समाजवादी चरित्रमा परिणत भएको छ । कम्युनिस्ट देश पनि पुँजीवादी चरित्रमा उभिएका छन् । समाजवादका मूल मर्म, भावना, चरित्र, पुँजीवादभन्दा ठिक उल्टो हुन्छ । निजीकरणलाई निरुत्साहित गर्दै सामूहिकतामा जोड दिन्छ । समाजवाद राजनीतिक र आर्थिक प्रणाली दुवै एक–अर्काका परिपूरकजस्तै हुन्छन् । मौलिक धर्म, संस्कार, संस्कृति, सभ्यताको संरक्षण गर्दै समानतामूलक समाज निर्माणमा राज्यको उपस्थिति हुन्छ । निजीलाई निरुत्साहित गर्दै सामूहिकतालाई जोड दिने समाजवादको नारा लगाउने राजनीतिक पार्टी र नेतृत्वको चरित्र दासयुगकै छ ।

नेपालमा एउटा कम्युनिस्ट र अर्को प्रजातान्त्रिक गरी दुई धार छन् । कम्युनिस्टका धेरै टुक्रा र समूह छन् । प्रजातान्त्रिक धारमा मुख्य कांग्रेस मात्रै छ । दुवै धार नाम र सिद्धान्तमा फरक, तर व्यवहारमा एउटै छन् । एउटै प्रवृति र सोच छ । चन्दा, कमिसन, भ्रष्टाचार, तस्करीको पैसा पार्टी र नेताका आम्दानीको स्रोत बनेको छ । पार्टीमा चाकरी, चाप्लुसी, गुट, उपगुट छ । विचार र सिद्धान्तको बहस हराएको छ । पुँजीवादभित्र पनि लोकतान्त्रिक व्यवस्था बोकेका पार्टीमा विधि, पद्धति, अनुशासन छैन । तल्लो तहका कार्यकर्ताले माथिल्लो तहका नेतालाई राजतन्त्रकै शैलीमा मालिकले नोकरलाई गर्नुपर्ने व्यवहार छ । नत्र उमेर भएकाहरू पार्टी छाडेर खाडी पस्दा हुन्छ । उमेर नभएकाहरू मैले सकिनँ भनेर हार स्विकार्नुको विकल्प छैन । कि अर्को पार्टी प्रवेश गरेर पुरानो पार्टीको नेतृत्वलाई गालीगलोज गर्ने विकल्प खुला छ ।

बिचौलिया, ठेकेदार, दलालको इसारामा सरकार, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका ‘सेटिङ’मै चल्छन् । सहकारी ठगीकै मुद्दा हेर्दा हुन्छ । सत्तापक्षलाई सेटिङमै उन्मुक्ति दिइएको छ । विपक्षलाई कारबाहीको दायरामा जबर्जस्ती तानिएको छ । के यो दलाल नोकरशाही पुँजीवादमा आधारित राजनीतिक चरित्र होइन रु नेताहरूको आर्थिक शैली र गतिविधि नियाल्दा पनि पुँजीवादको स्वरूप दलाल नोकरशाही पुँजीवाद हो भन्न सकिन्छ । यिनले आफू र आफ्नो समूह ९गुट० बनाइरहेका छन् । यिनले सत्ता हत्याउन समाजवादको नारा दिए पनि यिनको चरित्र एउटै छ । 

अर्को नजरमा हेर्दा समानताका लागि समानुपातिक र समावेशी सिद्धान्त संविधानले अंगीकार गरेको छ । समानुपातिक कोटामा सांसद हुनेमा धनीमानीकै नाम अगाडि छ । करोडौँ बुझाएर उच्च घरानाका व्यापारी कांग्रेस, एमाले, माओवादी, रास्वपालगायत पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका छन् । सत्तालाई आफूअनुकूल व्यापार गर्ने माध्यम बनाउँछन् । राज्यको मूलधारबाट पछाडि पारिएका आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलितको कोटामा दलका नेताको व्यापार हुन्छ । यसको मापदण्ड अवैज्ञानिक छ । त्यसलाई सच्याउन जरुरी छ । प्रत्यक्ष निर्वाचन प्रणाली त्यस्तै छ । वडाध्यक्षको चुनाव लड्न २० लाखसम्म खर्चेको सुनिन्छ । बिचौलिया, दलाल, ठेकेदार मात्र उम्मेदवार बन्ने प्रथा हो यो । जसले पार्टी नेतृत्वलाई चाकरी गरेर दाम चढाउन सक्छ, उही नेतृत्वमा पुग्ने परिपाटी हो । 

पुँजीवादका विभिन्न रूपमध्ये विश्वमा अहिले नयाँ निगरानी पुँजीवाद भित्रिएको छ । विज्ञान र प्रविधि युगको विसकाससँगै विश्वमा निगरानी पुँजीवाद हाबी छ । जसमा आज सूचना हुने र नहुनेबिच बहस छ । इन्टरनेटको प्रयोगबाट जन्मिएको निगरानी पुँजीवादले शासकको चरित्रमाथि जनताको निगरानी बढाएको छ । नेताहरूको भ्रष्टाचार, तस्करी, मिलेमतो र कुकृत्यको पर्दाफास गर्दै छ । जसले नेपालमा मौलाएको मिलीजुली दलाल नोकरशाही पुँजीवादी चरित्रमाथि धावा बोल्दै छ । धावा बोल्नेमा सञ्चारमाध्यम मात्र छैनन् । फेसबुक, युटुब, टिकटकलगायत दर्जनौँ सामाजिक सञ्जाल छन् । यो निगरानी पुँजीवादको अर्को नाम डिजिटल पुँजीवादभन्दा फरक नपर्ला । यसको विशेषता पनि विश्वलाई एकल स्वामित्वमा राख्नु नै हो । आर्थिक, सामाजिक, सांस्कृतिकलगायत दृष्टिकोणबाट कब्जा जमाउने हो ।

नयाँपत्रिकाबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending