Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

चरित्र पुँजीवादको, नारा समाजवादको

विदुर कटुवाल
विदुर कटुवाल

अहिले नेपालमा पुँजीवादविरुद्ध समाजवादको नारा चर्को रूपमा लागिरहेको छ । यसबारे अर्थशास्त्री, राजनीतिज्ञ र समाजशास्त्रीले गर्ने विश्लेशण एक मतको छैन । त्यही भएकाले पार्टी नेतृत्व, विश्लेषक, विद्वान्ले कहिले कालोलाई हरियो देख्छन् । कहिले हरियोलाई रातो त रातोलाई नीलो देख्छन् ।

हाल विश्वमा पुँजीवाद विभिन्न नाममा परिचित छ । त्यसमा अहिलेको विज्ञान र प्रविधिको विकासले पुँजीवादलाई झनै ठुलो संस्थागत सहयोग पुगेको छ । पुँजीवादका नयाँ–नयाँ ‘भेरियन्ट’ देखापरिरहेका छन् । यसमा पुँजीवादको नयाँ भेरियन्टचाहिँ ‘निगरानी पुँजीवाद’ हो । यो नयाँ भेरियन्टलाई पनि विश्वभरका प्रजातिन्त्रक र कम्युनिस्ट पक्षधरका अर्थशास्त्री, समाजशास्त्री राजनीतिज्ञले नेपालकै शैलीमा आफूअनुकूल व्याख्या गरिरहेका छन् । नेपालमा तर्क–वितर्क जे भए पनि दासयुगको चरणमै विकास भएको पुरानै शैलीको दलाल नोकरशाही पुँजीवाद मौलाएको छ । यसमा पार्टी नेतृत्व, विश्लेषक विद्वान्का फरक–फरक तर्क आउलान् रु गणतान्त्रिक नेपालमा सत्ता र शक्तिमा पुग्नेहरूको आचरण हेर्दा पुरानै दास र मालिकको प्रवृत्ति छ । नेतृत्वमा सामन्ती शासन शैलीको प्रवृत्तिले मानसिकतामा जरो गाडेको छ । दलका नेता, कार्यकर्ता, विश्लेषक, विद्वान्ले मालिक र दास प्रवृत्तिमा आफूलाई उभ्याइरहेका छन् । जुन दलाल नोकरशाही पुँजीवादमा ठ्याक्कै मिल्छ । त्यही कारण पुँजीवादबारे आफू र आफ्नो समूह अनुकूल व्याख्या छ । त्यसमा पनि हाल पुँजीवादविरुद्ध समाजवादको नारा चखिलो सुनिन्छ । संविधानमा ‘समाजवाद’उन्मुख लेखेपछि, समाजवाद यत्रतत्र सुनिन्छ । कम्युनिस्ट विचारमा आस्था राख्ने दलले आफूलाई समाजवादी भनेर चिनाउने नाममा ‘समाजवादी’ फुर्को जोडेका छन् । समाजवाद र पुँजीवादको तुलना गर्दै व्यख्या सुनाउँछन् । यता प्रजातान्त्रिक विचार बोक्ने कांग्रेसले पनि समाजवाद आफ्नो लक्ष्य भएको बताउँछ । तर, ऊ पुरानै दलाल नोकरशाही पुँजीवादी कित्तामै टक्क उभिएको छ । पुँजीवाद र समाजवाद विपरीत हुन् । पुँजीवादमा निजी क्षेत्रमा आधारित हुन्छ । समाजवादमा सरकार र जनताको साझा स्वामित्व हुन्छ । स्वास्थ्य, शिक्षा, धर्म, संस्कार संस्कृति, गरिबी, पछौटेपन, भेदभावको समेत व्यापार हुन्छ । समाजवादमा त्यो हुँदैन ।

पुँजीवादले समानतामूलक समाज निर्माणमा सहयोग गर्दैन । वर्गविभेद बढाउँछ । तर, विश्वका कम्युनिस्टइतर समूहका देशमा हाल पुँजीवाद समाजवादी चरित्रमा परिणत भएको छ । कम्युनिस्ट देश पनि पुँजीवादी चरित्रमा उभिएका छन् । समाजवादका मूल मर्म, भावना, चरित्र, पुँजीवादभन्दा ठिक उल्टो हुन्छ । निजीकरणलाई निरुत्साहित गर्दै सामूहिकतामा जोड दिन्छ । समाजवाद राजनीतिक र आर्थिक प्रणाली दुवै एक–अर्काका परिपूरकजस्तै हुन्छन् । मौलिक धर्म, संस्कार, संस्कृति, सभ्यताको संरक्षण गर्दै समानतामूलक समाज निर्माणमा राज्यको उपस्थिति हुन्छ । निजीलाई निरुत्साहित गर्दै सामूहिकतालाई जोड दिने समाजवादको नारा लगाउने राजनीतिक पार्टी र नेतृत्वको चरित्र दासयुगकै छ ।

नेपालमा एउटा कम्युनिस्ट र अर्को प्रजातान्त्रिक गरी दुई धार छन् । कम्युनिस्टका धेरै टुक्रा र समूह छन् । प्रजातान्त्रिक धारमा मुख्य कांग्रेस मात्रै छ । दुवै धार नाम र सिद्धान्तमा फरक, तर व्यवहारमा एउटै छन् । एउटै प्रवृति र सोच छ । चन्दा, कमिसन, भ्रष्टाचार, तस्करीको पैसा पार्टी र नेताका आम्दानीको स्रोत बनेको छ । पार्टीमा चाकरी, चाप्लुसी, गुट, उपगुट छ । विचार र सिद्धान्तको बहस हराएको छ । पुँजीवादभित्र पनि लोकतान्त्रिक व्यवस्था बोकेका पार्टीमा विधि, पद्धति, अनुशासन छैन । तल्लो तहका कार्यकर्ताले माथिल्लो तहका नेतालाई राजतन्त्रकै शैलीमा मालिकले नोकरलाई गर्नुपर्ने व्यवहार छ । नत्र उमेर भएकाहरू पार्टी छाडेर खाडी पस्दा हुन्छ । उमेर नभएकाहरू मैले सकिनँ भनेर हार स्विकार्नुको विकल्प छैन । कि अर्को पार्टी प्रवेश गरेर पुरानो पार्टीको नेतृत्वलाई गालीगलोज गर्ने विकल्प खुला छ ।

बिचौलिया, ठेकेदार, दलालको इसारामा सरकार, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका ‘सेटिङ’मै चल्छन् । सहकारी ठगीकै मुद्दा हेर्दा हुन्छ । सत्तापक्षलाई सेटिङमै उन्मुक्ति दिइएको छ । विपक्षलाई कारबाहीको दायरामा जबर्जस्ती तानिएको छ । के यो दलाल नोकरशाही पुँजीवादमा आधारित राजनीतिक चरित्र होइन रु नेताहरूको आर्थिक शैली र गतिविधि नियाल्दा पनि पुँजीवादको स्वरूप दलाल नोकरशाही पुँजीवाद हो भन्न सकिन्छ । यिनले आफू र आफ्नो समूह ९गुट० बनाइरहेका छन् । यिनले सत्ता हत्याउन समाजवादको नारा दिए पनि यिनको चरित्र एउटै छ । 

अर्को नजरमा हेर्दा समानताका लागि समानुपातिक र समावेशी सिद्धान्त संविधानले अंगीकार गरेको छ । समानुपातिक कोटामा सांसद हुनेमा धनीमानीकै नाम अगाडि छ । करोडौँ बुझाएर उच्च घरानाका व्यापारी कांग्रेस, एमाले, माओवादी, रास्वपालगायत पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका छन् । सत्तालाई आफूअनुकूल व्यापार गर्ने माध्यम बनाउँछन् । राज्यको मूलधारबाट पछाडि पारिएका आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलितको कोटामा दलका नेताको व्यापार हुन्छ । यसको मापदण्ड अवैज्ञानिक छ । त्यसलाई सच्याउन जरुरी छ । प्रत्यक्ष निर्वाचन प्रणाली त्यस्तै छ । वडाध्यक्षको चुनाव लड्न २० लाखसम्म खर्चेको सुनिन्छ । बिचौलिया, दलाल, ठेकेदार मात्र उम्मेदवार बन्ने प्रथा हो यो । जसले पार्टी नेतृत्वलाई चाकरी गरेर दाम चढाउन सक्छ, उही नेतृत्वमा पुग्ने परिपाटी हो । 

पुँजीवादका विभिन्न रूपमध्ये विश्वमा अहिले नयाँ निगरानी पुँजीवाद भित्रिएको छ । विज्ञान र प्रविधि युगको विसकाससँगै विश्वमा निगरानी पुँजीवाद हाबी छ । जसमा आज सूचना हुने र नहुनेबिच बहस छ । इन्टरनेटको प्रयोगबाट जन्मिएको निगरानी पुँजीवादले शासकको चरित्रमाथि जनताको निगरानी बढाएको छ । नेताहरूको भ्रष्टाचार, तस्करी, मिलेमतो र कुकृत्यको पर्दाफास गर्दै छ । जसले नेपालमा मौलाएको मिलीजुली दलाल नोकरशाही पुँजीवादी चरित्रमाथि धावा बोल्दै छ । धावा बोल्नेमा सञ्चारमाध्यम मात्र छैनन् । फेसबुक, युटुब, टिकटकलगायत दर्जनौँ सामाजिक सञ्जाल छन् । यो निगरानी पुँजीवादको अर्को नाम डिजिटल पुँजीवादभन्दा फरक नपर्ला । यसको विशेषता पनि विश्वलाई एकल स्वामित्वमा राख्नु नै हो । आर्थिक, सामाजिक, सांस्कृतिकलगायत दृष्टिकोणबाट कब्जा जमाउने हो ।

नयाँपत्रिकाबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending