Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धरै

काठमाडौँ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पहिलोपटक ग्रेडिङ प्रणाली (अक्षरांकन पद्धति) अनुसार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा मध्यमस्तरको जीपीए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ९० हजार २ सय ९९ छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - यो जीपीए ४० देखि ४९ अंक प्राप्त गर्नेको हो । गत वैशाख १४ देखि २७ सम्म सञ्चालित परीक्षामा कुल ४ लाख १७ हजार ८९ परीक्षार्थी सम्मिलित थिए । नियमित २ लाख ९९ हजार ६ सय ७५ जना सहभागी थिए, जसमध्ये ३.६१ देखि ४.० जीपीए प्राप्त गर्नेको संख्या १ हजार १ सय ६९ छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने ११ हजार २ सय २१ जना रहेको बोर्डले जनाएको छ । २७ हजार ६ सय ४३ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका छन् । ५८ हजार ३ सय ४५ विद्यार्थीले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका छन् । १.६१ देखि २.०० जीपीए ल्याउने परीक्षार्थी २२ हजार ७ सय ३४ जना छन् । ४ हजार ४ सय ८७ जनाले ०.८१ देखि १.२० जीपीए प्राप्त गरेका छन् । सबभन्दा थोरै १ सय ९९ जनाले ०.०० देखि ०.८० जीपीए ल्याएका छन् । ९ वटा जीपीए रेन्जमा नतिजा प्रकाशन गरिएको हो । नियमिततर्फ १७ हजार ४० विद्यार्थी विभिन्न कारण परीक्षामा अनुपस्थित देखिएकाले कुल जीपीएमा नतिजा प्रकाशन गरिएको छैन । आंशिकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ । परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो । यो वर्ष पहिलोपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको हो । ‘आंशिकतर्फ गत वर्षको भन्दा नतिजामा सुधार भएको छैन,’ बोर्डकी प्रवक्ता जयन्ती सत्यालले भनिन्, ‘अंकलाई अक्षरमा रूपान्तरण गरेर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन गरेका हौं ।’ नतिजाअनुसार अनिवार्य अंग्रेजी विषयमा विद्यार्थी कमजोर देखिएका छन् । २ लाख ९८ हजार ९ सय २९ जनाले अंग्रेजीको परीक्षा दिएका थिए, जसमध्ये एक सय ७० जनाले मात्रै ए प्लस प्राप्त गरेका छन् । अंग्रेजीमा पनि मध्यस्तरको ग्रेड प्वाइन्ट प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी ४८ हजार एक सय छ । अंग्रेजी विषयमा मात्र डी प्लसभन्दा थोरै ग्रेड प्राप्त गर्ने एक लाख ४५ हजार परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एउटा विषयमा डी प्लस वा त्योभन्दा कम ग्रेड आएमा विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । उक्त परीक्षा भदौ १६ मा हुने जानकारी बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिए । पुनर्योगका लागि भदौ १ भित्र निवेदन दिनुपर्नेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending