Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

अर्थाभावका कारण सगरमाथा औषधालयको सेवा बन्द

उदयपुर । जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै आएको सेवा अर्थाभावका कारण बन्द भएको छ । औषधालयका कर्मचारीका अनुसार एक वर्षदेखि सो औषधालयले उपचारका लागि आउने सेवाग्राही तथा बिरामीलाई दिँदै आएको पञ्चकर्म सेवा तथा केही थेरापी सेवा दुई महिनादेखि बन्द हुँदै आएको हो । गाईघाटका सेवाग्राही राजकुमार राउत भन्छन्, “आफू ग्याष्टिक र सुगरको बिरामी भएकाले औषधालयमा पञ्चकर्म सेवा लिन दैनिक बिहान आउने गरेको थिएंँ, अहिले अचानक सेवा बन्द हुँदा आफूलगायत पचासौं सेवाग्राही निराश भएका छौँ ।” सिरहा कचनारीबाट औषधालयमा सेवा लिन आएका अर्का सेवाग्राही कृष्णदेव यादवको पनि गुनासो उस्तै छ । यादव भन्नुहुन्छ, “आफू महिनामा दुई पटक औषधालयमा विभिन्न थेरापीको लागि उपचार लिन आउने गरेको नियमित ग्राहक भएकाले अहिले सेवा नै बन्द भएछ, अब कसरी उपचार पाउने चिन्तामा छु ।” पञ्चकर्म सेवामा योगा, स्नेह, स्वेदन, बमन, बिरेचन, अक्युपञ्चरजस्ता सेवा औषधालयले प्रभावकारी ढंगले उपलब्ध गराउँदै आएपछि केही समयअघिसम्म दैनिक सयौंको संख्यामा उपचारको लागि सेवाग्राही औषधालय आउने गरेको औषधालयका वैद्य दीपाकला राई बताछन् । आफूहरूले प्रभावकारी सेवालाई निरन्तरता दिन नसक्दा अहिले ठूलो संख्यामा सेवाग्राही मर्कामा परेको र औषधालयमा अहिले दैनिक दशसम्म मात्र सेवाग्राही तथा बिरामी आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् । औषधालयका डा सञ्जीवकुमार यादव भन्छन्, “औषधालयमा सामान्य उपचारबाहेक पञ्चकर्म सेवा पनि उपलब्ध गराउँदै आएका थियौँ, तर स्वास्थ्य ्िवभागले विनियोजन गरेको न्यून बजेट सकियो, त्रियुगा नगरपालिकाले उपलब्ध गराएको रु दुई लाख बजेट पनि सकियो, अब बजेट छैन, त्यसैले यो सेवा निरन्तर सञ्चालन गर्न सकेनौँ ।” २००४ सालमा गाईघाटको बोक्सेमा स्थापना भएको सगरमाथा आयुर्वेदिक औषधालय सगरमाथा क्षेत्रकै पहिलो र पुरानो औषधालय हो भने अहिले यहाँ एक डाक्टरसहित चार मात्र कर्मचारी रहँदै आएका छन् । खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिरहा र भारतबाट समेत यस औषधालयमा सेवाग्राही उपचारका लागि आउने गरेको भएता पनि आयुर्वेदिक विभागले यसको उचित व्यवस्थापनमा ध्यान नदिँदा यो औषधालय अहिले औषधिबिहीन बन्न पुगेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy