Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

रेस्लिङका सुपर स्टार केन नगरको मेयरमा निर्वाचित

न्युयोर्क । वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्लूडब्लूई)का सुपर स्टार केनले दोस्रो इनिङ सुरु गरेका छन् । रेस्लिङको रिङका बादशाह केन (ग्लेन ज्याकोव) अहिले राजनीतिमा सक्रिय भएका छन् । उनी अमेरिकी सहर नक्स काउन्टीको मेयरमा निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार केन आफ्ना प्रतिद्वन्द्वीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । रेस्लिङको रिङमा धेरैलाई पराजित गरेका केनले राजनीतिक यात्राको पहिलो प्रयासमा सफलता हात पारे । उनले ५१ हजार आठ सय चार मत ल्याउँदा डेमोक्रेट उम्मेदवार लिन्डा हेनीले २६ हजार दुई सय २४ भोट प्राप्त गरे । केनले ल्याएको मत ६६ प्रतिशत हो । डब्लूडब्लूईले आफ्नो आधिकारिक ट्विटरमार्फत केनलाई सफलताको शुभकामना दिएको छ । अघिल्लो वर्ष केन रेस्लिङको रिङमा कमै मात्र देखिने गरेका थिए । उनले नक्स काउन्टीको मेयरका लागि निकै तयारी गरेका थिए । रेस्लिङ प्रतियोगितामा सहभागिता जनाउनुभन्दा उनी चुनावी रणनीति बनाउन व्यस्त रहे । उनले पछिल्ला केही वर्षमा मात्र राजनीतिमा हात हालेका होइनन् । उनी धेरै वर्षदेखि राजनीतिमा सक्रिय थिए । तर, उनले कहिल्यै पनि राजनीतिलाई रिङमा छिर्न दिएनन् । उनले आफ्नो राजनीतिक पाटोलाई सदैव लुकाएर राखे । मेयरमा निर्वाचित भएपछि केन अब केही समय टेलिभिजनमा नदेखिने भएका छन् । मुलुककै चौथो आम्दानी गर्ने सहरका रूपमा परिचित नक्स काउन्टीलाई अझ परिस्कृत बनाउने अभियानमा लाग्नुपर्ने भएकाले केही समय डब्लूडब्लूईको रिङमा नफर्किने केनले बताए । उनी मेयरमा निर्वाचित हुने डब्लूडब्लूईका दोस्रो रेस्लर हुन् । केनभन्दा अघि सन् १९९१ मा जेस बेचुरा ब्रुकलिन पार्कका मेयरमा निर्वाचित भएका थिए । सन् १९९५ सम्म मेयर रहेका उनी सन् १९९० देखि २००३ सम्म त्यहाँको गभर्नर पनि बनेका थिए । मेयरको कार्यकाल पूरा गरेपछि डब्लूडब्लूईको रिङमा फर्किएका उनी गभर्नर भएपछि भने रिङमा फर्किएनन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy