Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

विदेशीको शंकस्पद सम्पत्तिमाथि छानबिन

काठमाडौं । नेपाली बैंकमा एकजना फ्रान्सेली नागरिकको अस्वभाविक रकम देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ। ती सम्पत्ति शंकास्पद देखिएपछि अघिल्लो साता फ्रान्सेली नागरिक रेगिस बर्नाल्ड एन्टोनीलाई विभागले पक्राउ गरेको थियो। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा याे खब छ - एन्टोनीको हिमालयन बैंकमा मुद्धति खातामा जम्मा भएको रकम शंकास्पद देखिएको सूचना दिँदै विभागले उनको यात्रमा रोक लगाउन अध्यागमन विभागलाई पत्राचार गरेको थियो। अध्यागमन विभागले गत बुधबार एन्टोनीलाई पक्राउ गरी हिरासतमा राखेको छ। एन्टोनीले उक्त रकम किन नेपाल भित्राए भन्ने केही खुलेको छैन। पटकपटक नेपाल आउँदा रकम ल्याएर उनले जम्मा गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रारम्भिक बयानमा उनले आफू रसुवाको स्याफ्रुबेसीमा सामाजिक सेवाको काम गर्दै आएको बताएका छन्। पैसा कुन शीर्षकमा कहाँ खर्च गर्न ल्याएका हुन् भन्ने विषयमा केही खुलेको छैन। उनी पर्यटक भीसामा नेपाल बस्दै आएका थिए। हिमालयन बैंंकको खातामा उनको कति रकम छ भन्ने नखुलाए पनि बैंकमा राखेको रकमको उनले भन्सार कार्यालयबाट डिक्लियरेसन नगराएको स्रोतले बताएको छ। अध्यागमन विभागमा महानिर्देशक ईश्वरराज पौडेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा एन्टोनीलाई पक्राउ गरिएको बताए। महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘एन्टोनीमाथि अनुसन्धान गर्न हामीले सम्पत्ति शुद्धिकरण विभागमा पत्राचार गरेका छांै।’ एन्टोनीले १७ डी १४२५१५ नम्बरको फ्रान्सेली राहदानीमा बाह्रभन्दा बढी पटक नेपाल ओहोरदोहोर गरेको देखिन्छ। उनी लामो समयदेखि किन नेपालमा बस्दै आएका थिए भन्ने खुलेको छैन। उनले आफूलाई मन पर्ने मुलुक भएकोले नेपालमा बस्दै आएको बताउने गरेका छन्। पर्यटक भीसामा रहेका व्यक्तिले बैंकमा ठूलो परिणामको रकम जम्मा गर्नु शंकास्पद देखिएको छ। सन् १९१४ देखि उनी निरन्तर रुपमा नेपाल आउजाउ गर्थे। पर्यटक भीसामा नेपाल बसेका उनको भीसा सकिएपछि नियमित गर्न अध्यागमन विभाग पुगेका बेला कर्मचारीले सम्पत्ति शुद्धीकरण विभाग जान सुझाव दिएका थिए। तर उनी सुझाव विपरित फ्रान्स जान लाग्दा विमानस्थलबाट पक्राउ परेका हुन्। अध्यामगनले सम्पत्ति शुद्धीकरण विभागलाई एन्टोनीको पर्यटक भीसा समेत सकिन लागेको जानकारी गराएको छ। विमानस्थल अध्यागमनमा समेत उनको यात्रमा रोक लगाउनुपर्ने व्योहोराको पत्र पुगेपछि अध्यागमन कार्यालयले रोकेको हो। अध्यागमन विभागले पछिल्लो समयमा नेपालमा बसेका विदेशीको क्रियाकलापमाथि सुष्म ढंगले अनुसन्धान गर्दै आएको छ। अध्यागमन विभागले नेपालमा बसेका विदेशीका क्रियाकलापमाथि सुष्म ढंगले अनुसन्धान गर्दै आएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy