Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

इरानले भन्यो- अमेरिकाले मनोवैज्ञानिक युद्ध चाहेको छ

इरानका राष्ट्रपति हसन रुहानीले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमाथि फेरि आर्थिक प्रतिबन्धहरू लगाएकोमा आक्रोश व्यक्त गरेका छन् । रातारात कार्यान्वनमा आएको प्रतिबन्धलाई \'मनोवैज्ञानिक युद्ध\' को संज्ञा दिँदै उनले त्यो \'इरानका जनतामाझ विभाजन ल्याउनेतर्फ लक्षित\' रहेको बताए । अमेरिकी प्रतिबन्धहरू विभिन्न क्षेत्रतर्फ लक्षित छन् र त्यसले इरानको तेल व्यापारलाई थप दण्डित गर्नेछन् । युरोपेली संघले अमेरिकी कदमविरुद्ध आवाज उठाउँदै \'वैधानिक कारोबारु गरिरहेका कम्पनीहरूको प्रतिरक्षा गर्ने प्रतिबद्धता जनाएको छ । रुहानीले अमेरिकी प्रतिबन्धहरूसँग भविष्यमा कुनै पनि पारमाणविक सम्झौताको तारतम्य नमिल्ने बताएका छन् । गत मे मा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सन् २०१५ को अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए । सो निर्णयलाई सघाउन तेहरानविरुद्धका प्रतिबन्धहरू पुनः ब्युँताइने विषयमा ह्वाइट हाउसले थप विवरणहरू सार्वजनिक गरेपछि इरानी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो । इरानले आफ्ना विवादास्पद पारमाणविक कार्यक्रम सीमित पार्ने प्रतिबद्धता जनाएपछि तेहरानविरुद्धका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खुकुलो पार्ने गरी तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा पारमाणविक सम्झौता भएको थियो। तर ट्रम्पले उक्त सम्झौता \'एकपक्षीय\' भएको बताउँदै आएका छन्। उनले नयाँ आर्थिक दबाबले मात्रै इरानलाई नयाँ सम्झौताका लागि बाध्य पार्न र उसका \'विध्वंसक\' गतिविधिलाई बन्द गराउनसक्ने बताउने गरेका छन् । अमेरिकी समय अनुसार मंगलवार बिहान १ बजेदेखि लागु हुने गरी ट्रम्पले प्रतिबन्धसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । उक्त कदमपछि रुहानीले अमेरिकाले कूटनीतिलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनले भने, \'उनीहरू इरानविरुद्ध मनोवैज्ञानिक युद्ध शुरू गर्न चाहन्छन् । प्रतिबन्धहरू लगाएर वार्ता गर्ने कुराको कुनै अर्थ छैन।\' \'हामी सधैँ कूटनीति र वार्ताको पक्षमा छौँ। तर वार्ताका लागि इमानदारी हुनुपर्छ।\' बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending