Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

संसदद्वारा गर्भपतन कानुन अस्वीकृत

\"\"ब्युनस आयर्स। अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ । गत जुन महिनामा महिलाले गर्भपतन गराउन पाउने विधेयक यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो । उक्त विधेयक पारित हुँदा खुशी भएका यहाँका महिलाहरु बिहीबारको सिनेटको मतदानपछि भने निराश हुन पुगेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उता, इसाई समुदायका सर्वोच्च गुरु पोप फ्रान्सिसको जन्मेको यस देशमा गर्भपतन गराउन पाउने भनी ल्याइएको यस कानुन पारित हुन नसकेपछि भने अधिकांशमा खुशियाली छाएको बताइएको छ । एकजना अधिकारीकाअनुसार उक्त विधेयकको विपक्षमा ३८ जना सिनेटरले मतदान गरेका थिए भने यसको पक्षमा मतदान गर्ने सिनेटर ३१ जना थिए । मतदानको क्रममा ४ जना सिनेटर अनुपस्थित थिए । उक्त विधेयकमा महिलाले चाहेमा आफ्नै निर्णयबाट गर्भ रहेको बढीमा १४ हप्तासम्मको भू्रण पतन गराउन पाउने प्रावधान रहेको थियो । यहाँका नागरिकले भने यस प्रावधानको विरोध गरेका थिए । महिलालाई गर्भपतनको अधिकार दिनुपर्छ भन्ने महिला अधिकारकर्मीहरुले भने सिनेटको यस निर्णयको विरोध गरेका छन् । उनीहरुले पनि जुलुशहरुमार्फत विरोध प्रदर्शन गरेका छन् । यस कानुनका पक्षधर महिलाहरु हरियो पछ्यौरी ओढेर विभिन्न सडकमा विरोधमा निस्किएका थिए । उनीहरुले आँशु झारेका दृश्यहरु पनि टेलिभिजनमा देखाइएको थियो । केही प्रदर्शनकारीले भने सडकमै प्रहरीतर्फ ढुङ्गामुढा गरेका थिए । उनीहरु गर्भपतनको कानुनका पक्षधर थिए । उनीहरुले सिनेटले राम्रो काम नगरेको प्रतिक्रिया दिएका थिए । रासस/ एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy