Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सवा चार लाख घरमा गोबरग्यास: ‘सिलिन्डर युगको अन्त्य निश्चित’

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो । गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ सय घनमिटरको प्लान्टमा हालेर मिथेन ग्यास उत्पादन गरी ट्यांकीमा स्टोर गरेर पाइपलाइनबाट घरघरमा पु-याइएको छ । मञ्चमा टेबुलमाथि राखिएको चुलोमा खिटिक्क स्विच अन गरेर परियोजना उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने, ‘मैले भनेको थिएँ, काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ । ३२ घरले आजैदेखि डल्ला फ्याँके, अब अरूले पनि फ्याँक्छन् ।’ तर, प्रधानमन्त्रीले दाबी गरेजस्तै गोबरग्यास प्रविधि नेपालमा नौलो होइन । मुलुकभर अहिलेसम्म चार लाख २० हजार परिवारले गोबरग्यास प्लान्ट जोडिसकेका छन् । अझ मुलुकमा बायोग्यासको शुरुवात भएको ६३ वर्ष र परियोजनाकै रुपमा गोबरग्यास प्रवद्र्धनको ३ दशकभन्दा बढी भइसकेको छ । ‘मुलुकभर हिमालदेखि तराईसम्मका घरपरिवारमा गोबरग्यास प्लान्ट जोडिएको छ, त्यसबाट ठूलो जनसंख्याले स्वच्छ ऊर्जा प्राप्त गरेको छ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy