Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

निर्मला हत्याको नखुलेको पाटोः दिलिपको त्यो सर्ट

महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनको रापमा छ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै व्यापारीहरुले स्वतःस्फूर्त रूपमा बजार–व्यवसाय बन्द गरेका छन् । आजको राजधानी दैनिकमा याे खबर छ - प्रहरीले निर्मला हत्यामा संग्लन रहेको आरोपमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेपछि आन्दोलनले नयाँ रूप लिएको छ । प्रहरीले विष्टलाई मुख्य दोषी भनेपछि आन्दोलनको राप झन् बढ्दै गएको छ । प्रहरीले अभियुक्त सार्वजनिक गर्दा स्याबासी पाउनुपर्ने हो तर उल्टै नागरिकले प्रहरी अनुसन्धानमाथि नै प्रश्न खडा गरेका छन् । खन्ना चौराहामा भेटिएका स्थानीय बासिन्दाहरुले दिलिपले यसअघि कुनै पनि महिलालाई दुव्र्यवहारसमेत नगरेको बताएका छन् । छिमेकी खेमा सुवेदीले भनिन्, ‘प्रहरीले भनेजस्तो बलात्कार र हत्या गर्न सक्ने शारीरिक क्षमता नै दिलिपसँग थिएन ।’ सुवेदीका अनुसार दिलिप शारीरिक भार पर्ने कुनै पनि काम गर्न सक्षमसमेत थिएनन् । ‘एक अँगालो दाउरा पनि बोक्न सक्दैनथे,’ सुवेदीले भनिन्, ‘सानो काम गर्दा पनि उनलाई स्वाँस्वाँ हुन्थ्यो ।’ दिलिपको त्यो सर्ट चार सातासम्म चित्तबुझ्दो जवाफ र अनुसन्धान नगरेको प्रहरी एकाएक ४ भदौमा निर्मलाको घरमा पुग्यो । निर्मलाका बाबु यज्ञराजका अनुसार प्रहरीले निर्मलाको हत्या भएको स्थानमा अपराधीको केही प्रमाण छ भन्ने जानकारी गरायो । यज्ञराज पनि घटनास्थल गए । उनी भन्छन्, ‘घटनास्थलमा गएको २ मिनेटमै प्रमाण भेटियो भन्दै प्रहरी चिच्याए, अनि सर्टको खल्तीको कपडा र कन्डम बरामद गरियो ।’ रहस्यको विषय के छ भने १० साउनदेखि प्रहरी, स्थानीय, पत्रकार, नागरिक समाजका प्रतिनिधि, सीआईबीको टोली पटकपटक घटनास्थल पुग्दा नभेटिएको कपडालगायतका सामग्री अहिले त्यहाँ कसरी भेटियो ? प्रहरीले बलात्कारी भनिएका दिलिपकै सर्ट भएको दाबी गर्दै आएको छ । दिलिपको पारिवारिक स्रोतका अनुसार प्रहरीले दिलिपको घरमा गएर उनले लगाउने गरेको सर्ट मागेर लगेको थियो । पछि त्यही सर्टको खल्ती च्यातेर घटनास्थलमा राखियो । अनि दिलिपलाई घटनाको मुख्य अभियुक्त बनाएर प्रस्तुत गरियो । दिलिप हत्यारा हुँदै होइनन् : मृतक निर्मलाका बाबु निर्मला पन्तका बाबु यज्ञराज प्रहरीले दिलिपलाई देखाएर वास्तविक हत्यारालाई बचाउन खोजेको आरोप लगाउँछन् । उनले भने, ‘कञ्चनपुरका एसपी डिल्लीराज विष्टले मलाई थर्काइरहेका छन्, जबर्जस्ती दिलिपको नाममा किटानी जाहेरी गर्न दबाब दिइरहेका छन् ।’ यसअघि पनि कञ्चनपुरका एसपी विष्टले आफूलाई निर्मलाको शव नबुझे महेन्द्रनगरमा कर्फ्यु लगाएर गोली हान्ने चेतावनी दिएको बताए । त्यसो त एसपी पन्तले यसअघि उखुबारीमा बलात्कार नभएको तर आसपासमा भएको हुन सक्ने बताउँदै आएका थिए । ‘घटनास्थलको प्रकृति हेर्दा उखुबारीमा बलात्कार भएको देखिन्न किनभने घटना भएको भनिएको स्थानमा प्रत्येक १ मिनेटमा कोही न कोही हिँडिरहेकै हुन्छ । न त त्यो घना जंगल भएको क्षेत्र हो न त भौगोलिक विकटताको क्षेत्र नै,’ एसपी विष्टले अनौपचारिक कुराकानीमा भनेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy