पेरिस, १२ भदौ । युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु निःशुल्क लिएर आफूले विज्ञापन मार्फत राजश्वको ठूलो हिस्सा बटुल्न थालेपछि विज्ञहरुकै भनाईमा गुणस्तरीय पत्रकारिता धर्मसङ्कटमा पर्न थालेको छ ।
यतिमात्र होइन, द्वन्द्वग्रस्त क्षेत्रहरुमा समाचार खोजी गर्नु अत्यन्त खर्चिलो र खतरनाक पनि छ, युरोपेली फोटोपत्रकारिता समारोह भीसा पोरइमेजका प्रमुख जाँ–फ्रान्को लिरोएले बताए । भियतनाम र युगोस्लाभ युद्धको समाचार सङ्कलनका क्रममा धेरै पत्रकारले ज्यान गुमाए, तर “पत्रकारहरु द्वन्द्वरत पक्षको वास्तविक निशानामा थिएनन् । अहिले परिस्थिति पूरै फेरिएको छ,” उनले भने । आरएसएफ (रिपोर्टर्स विदाउट बोर्डर्स) का अनुसार यही सन् २०१८ मा मात्र ५० जना पत्रकारहरु मारिइसकेका छन् । पत्रकारहरुलाई हत्या गर्ने मात्र होइन, विद्रोही र आपराधिक समूहहरुले उनीहरुबाट फिरौती समेतका लागि अपहरण गरेका थिए । “इराक जस्ता द्वन्द्व प्रभावित क्षेत्रमा समाचार सङ्कलन गर्नु अति महङ्गो हुँदै गएको छ,” लिरोएले भने । “सुरक्षा खर्चको अनुमान नै गर्न कठिन भइसक्यो । कुरा मिलाउने बिचौलिया, अङ्गरक्षक, अनुवादक र ड्राइभर पनि जरुरी हुन्छ ।” “केही वर्षअघि न्यूयोर्क टाइम्सले इराकको बग्दादमा एउटा समाचार सङ्कलनका लागि १० हजार अमेरिकी डलर (करिब रु. एक लाख १२ हजार) खर्च लाग्ने अनुमान गरेको थियो,” उहाँले भने । मूलधारका मिडियाको आर्थिक ढाँचा नै ठूला प्रविधि कम्पनीको कोपभाजनमा परेका कारण खोज पत्रकारिता पनि खुम्चिएको छ, वासिङ्टनस्थित खोज पत्रकारिताको अन्तर्राष्ट्रिय कन्सोर्टियम (आईसीआईजे) का प्रमुख गेरार्ड राइलेले बताए । यो संस्थाले विश्वचर्चित पनामा पेपर्सको घटनालाई भण्डाफोर गरेको थियो । राइलेले भने, “पत्रकारिता नै जीवनमरणको दोसाँधमा पुगेको छ । यो मृततुल्य हुँदैछ । विज्ञापनको ढाँचाले रिपोर्टिङलाई धानेको थियो र अहिले त्यो भत्किएको छ । मिडियाले त्यस पुरानो कुरालाई पुनर्जीवन दिन सकेका छैनन् ।” “व्यापार घटेको छ र त्यसमा मिडियाको पहिलो तारो खोजमूलक समाचार नै पर्ने गरेको छ किनभने खोज पत्रकारिता निकै खर्चिलो हुन्छ । खोज पत्रकारिताका लागि समय बढी लाग्ने मात्र होइन जोखिम पनि उत्तिकै हुन्छ ।” उनले भने, “खोजेको समाचार भेटिन्छ नै भन्ने पनि होइन र कथम् भेटिए यस विरुद्धको कानुनी लडाइँ निकै महङ्गो हुन्छ । तपाइँले अदालतमा मुद्दा हार्ने सम्भावना पनि त्यतिकै प्रबल हुन्छ किनभने ठूला संस्थाहरुले सत्यलाई लुकाउन वा ढाकछोप गर्न जतिपनि पैसा खर्च गर्न सक्छन् ।” ज्यादै कम पत्रकारले बढीभन्दा बढी काम गर्नुपर्दा ठूला घटनाक्रमहरु छुट्नु स्वाभाविकै हो, र यो नै लोकतन्त्रका लागि सबैभन्दा ठूलो चिन्ताको विषय हो, राइलेले भने । राइलेका अनुसार पनामा पेपर्स अनुसन्धानमा आईसीआईजेले २० लाख अमेरिकी डलर खर्च गर्नुपरेको बताउनुभयो । विश्वभरका ८० मुलुकमा ३०० भन्दा बढी पत्रकारहरु परिचालन गरेर मात्र पनामा पेपर्सको घटना भण्डाफोर गर्न सकिएको हो । उनले भने, “विश्वमा केही सानो संख्याका पत्रकारले खोज पत्रकारिता धानिरहेकाले उनीहरु धन्यवादका पात्र हुन् ।” अमेरिकी राष्ट्रपतिले “भ्रमपूर्ण समाचार” (फेक न्यूज) को नाममा आमसञ्चारमाथि चुनौती दिइरहेको अवस्थामा विश्वसनीयता निर्माण गर्नुपर्ने चुनौती पनि प्रेसमाथि छ । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: