Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

प्रकाश सिलवाल । काठमाडौँ, १४ भदौ । स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को शिखर सम्मेलन आयोजनाको अवसर पाएको छ ।

“शान्त, समृद्ध र दिगोपनाउन्मुख बङ्गालको खाडीको क्षेत्र” भन्ने मूल नाराका साथ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल आयोजना गरेकामा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एंव सरकार प्रमुखले आफ्नो उद्घाटनसत्रको सम्बोधनका क्रममा नेपाल सरकार एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई आभार व्यक्त गरे । सरकार प्रमुखका रुपमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सम्मेलनमा सहभागी विशिष्ट पाहुना यो शिखर सम्मेलनमा पहिलो पटक सहभागी हुनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो लागि बिम्स्टेक शिखर सम्मेलन पहिलो भएको भन्दै यसलाई सदुपयोग गर्ने क्रममा सदस्य राष्ट्रका महिला सांसद र युवाका अलगअलग सम्मेलन गर्नेलगायत नयाँ कार्यसूची प्रस्ताव गरेका थिए । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा वर्तमान सरकारले छोटो अवधिको तयारीका बीच काठमाडौँमा यसप्रकारको पहिलो क्षेत्रीय सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको उद्घटनअघि बुद्धको जन्मस्थल नेपालको राष्ट्राध्यक्षका हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा संयुक्त भेटवार्तासहित दिवाभोजको आयोजना गरी विशिष्ट अतिथिहरुप्रति हार्दिकता दर्शाएका थिए । सन् १९९८ देखि नेपाल यसको आमन्त्रित र सन् २००४ फेब्रुअरीमा थाइल्याण्डमा भएको छैटौँ मन्त्रिस्तरीय बैठकबाट नेपाल र भूटान पूर्ण सदस्य भएका थिए । यसअघि “सहकार्य, सहिष्णुता र समृद्धि” को मूल नारासहित म्यान्माको राजधानी नेपिटमा सन् २०१४ को मार्चमा बिम्स्टेकको तेस्रो शिखर सम्मेलन भएको थियो । बिम्स्टेकको अध्यक्षीय कार्यकाल हरेक दुई वर्ष हुने गर्छ । सन् १९९७ जुन ६ मा थाइल्याण्डको बैंककमा बिम्स्टेकको नामबाट बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड सदस्य राष्ट्रबीच यो क्षेत्रीय सञ्जाल गठन भएको थियो । सन् १९९७ डिसेम्बर २२ को मन्त्रिस्तरीय बैठकबाट म्यान्मा यसको सदस्य भएको थियो । सन् १९९७ जुन ६ मा थाइल्याण्डको बैंककमा भएको प्रथम शिखर सम्मेलनबाट बिम्स्टेकको नामकरणलाई अनुमोदन गरेको थियो । यसको स्थायी सचिवालय बङ्गलदेशको राजधानी ढाकामा छ । यसअघि सन् २००४ जुलाई ३१ मा थाइल्याण्डको बैंकक, २००८ को १३ नोभेम्बरमा भारतको नयाँदिल्ली र २०१४ को मार्च ४ मा म्यान्माको नेपिटमा बिम्स्टेक शिखर सम्मेलन भएको थियो । सन् २०१६ मा भारतको गोवामा बिम्स्टेकको आउटरिच सम्मेलन सम्पन्न भएको थियो । बिम्स्टेकका मुख्य १४ उद्देश्य र कार्यसूचीमा वाणिज्य, लगानी, प्रविधि, पर्यटन, मानवीय स्रोत विकास, कृषि, मत्स्यपालन, यातायात र सञ्चार, कपडा र छालाजन्य उद्योग आदि छन् । यसले शिक्षा, प्राविधिक व्यावसायिक क्षेत्रमा तालीमकाका साथै आर्थिक, सामाजिक प्राविधिक र वैज्ञानिक क्षेत्र र साझा स्वार्थका विषयमा सहकार्य गर्नेछ । बिम्स्टेक मुलुकमा करीब एक अरब ६० करोड जनसङ्ख्या छन् विश्व भू–भागको २२ प्रतिशत हिस्सा यसले ओगट्छ । यस क्षेत्रको सरदर आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत छ । यसले दक्षिण र दक्षिण पूर्वी मुलुकबीच पुलको काम गर्नेछ । यो सार्क र आसियान जस्ता क्षेत्रीय संयन्त्रका लागि पनि अन्तर्राष्ट्रिय सहकार्य मानिन्छ । सार्कमा सदस्य रहेका अधिकांश सदस्य बिम्स्टेकमा भएकाले सार्क र यसको कामको दोहोरोपना वा कुनै एक संयन्त्र सक्रिय भएमा अर्को निष्क्रिय हुन सक्ने खतरा विज्ञहरुले औँल्याएका छन् । सार्कका सदस्यमध्ये पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान बिम्स्टेकमा छैनन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: