Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

पद्मरत्न तुलाधार समस्त कम्युनिष्ट क्रान्तिको प्रतीकः प्रचण्ड

काठमाडौँ, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता पद्मरत्न तुलाधार समस्त कम्युनिष्ट क्रान्तिको प्रतीक भएको बताएका छन् ।आदिवासी जनजाति आन्दोलनका अगुवा एवं मानव अधिकारवादी आन्दोलनका वरिष्ठ ‘अभियन्ता पद्मरत्न तुलाधरको भीमरथारोहणको उपलक्षमा आयोजित शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरको भूमिका’ विषयक गोष्ठीमा उनले तत्कालिन नेकपा(माओवादी)लाई शान्ति प्रक्रिया ल्याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताए । जनयुद्ध शुरु गरेको दुई वर्षभित्र नै आफ्नो ज्यानलाई हत्केलामा राखी आफूले लुकिछिपी पद्मरत्न तुलाधरको घरमा प्रवेश गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले १२ बुँदे सम्झौताको वातावरण तयार पार्न तुलाधर, दमननाथ ढुङ्गानाजस्ता सहजकर्ताको निर्णायक भूमिका रहेको उल्लेख गरे । तुलाधरले भने जस्तै आन्दोलन अझै पूरा नभएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले थुप्रै असन्तुष्टिका बीच माओवादीले संविधान स्वीकार गरेको र संविधान जारी गर्दा आफूले थुप्रै ‘नोट अफ डिसेन्ट’ लेखेको बताए । नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले वामपन्थी नेता पद्मरत्न तुलाधरको नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको बताउँदै आफ्नो स्वार्थका लागि कहिल्यै नलाग्ने तुलाधर भूमिका प्रशंसनीय रहेको बताए । \"\" गौतमले विसं २०४२ मा मालेको समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएका तुलाधरसहित धेरै व्यक्ति बहुदलवादका प्रतीक भएको चर्चा गरे । पूर्वसभामुख एवं वार्ता टोलीका त्यसबेलाका सहजकर्ता दमननाथ ढुङ्गानाले पद्मरत्न तुलाधरले आफ्नो जीवन जनताका पक्षमा समर्पित गरेकाे चर्चा गर्दै उनले तुलाधरले निरंकुश शासनविरुद्ध लड्नुका साथै जनतालाई त्यसविरुद्ध उभ्याउनुभएको बताए । पूर्व महान्यायाधीवक्ता मुक्ति प्रधानले नेपालमा आमूल परिवर्तन गरी जनताको जीवनस्तर उकास्न तुलाधरले महत्वपूर्ण योगदान दिनुभएको बताउँदै पद्मरत्न व्यक्ति नभई शान्ति प्रक्रियाको संस्था भइसकेको बताए । राससका पूर्वमहाप्रबन्धक एवं मानव अधिकारवादी नेता मल्ल के सुन्दरले पञ्चायती व्यवस्थाविद्धको अभियानमा पद्मरत्न तुलाधरको योगदान महत्वपूर्ण रहेको बताउँदै माओवादी जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन पद्मरत्नले निर्णायक भूमिका रहेको उल्लेख गरे । पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष शान्तदास मानन्धरले पद्मरत्न तुलाधर ७७ वर्ष सात महिना सात घडी सात पलाको समय जुटाएर उनको जंको(भीमरथारोहण) गरिएको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: