Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

इतिहासमै पहिलो पटक बन्यो भुजेल भाषामा आधारित 'नि प्हुगाल' नामक चलचित्र

काठमाडाैं । भुजेल समुदायको आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न उद्देश्यका साथ इतिहासमै पहिलो पटक भुजेल भाषामा \'नि प्हुगाल\' (हामी भुजेल) नामक चलचित्र निर्माण भएको छ । \'भकारी इभेन्ट्स उखत प्राली पोखरा\'को व्यानरमा बनेको यो चलचित्र देश तथा बिदेशमा छरिएर बसोबास गर्ने सम्पुर्ण भुजेल समुदायमा लक्षित गरी सिङ्गो एउटा संस्कृति र परम्परालाई लोप हुनबाट बचाउँन यो चलचित्र बनाइएको हो । नेपालको विभिन्न ठाउँहरुमा छायांकन गरिएको यो चलचित्र करिब दुईमहिना पछि देश तथा विदेशको हलहरुमा प्रदर्शन हुने निर्माण टोलीले बताएको छ । यस चलचित्रका कथाकार कमल भुजेल हुन् भने परिकल्पनाकार रेशम भुजेल रहेका छन् । चलचित्रको कार्यकारी निर्माता कमल बहादुर भुजेल छन् भने उक्त चलचित्रको निर्माता भुजेल समाज सेवा केन्द्रिय समिती, समाजको कान्छो सस्था भुजेल चलचित्र संघ र प्रदेश नं. एक रहेकाे छ । यस चलचित्रको सहनिर्मातामा भने कोपीला भुजेल, भिम भुजेल, कमल भुजेल, लोक बहादुर भुजेल, विमल जिसी, बसुन्धरा घर्ती, तिर्सन घर्ति, सचिन भुजेल, संजय भुजेल (भुजेल साथी) रहेका छन् । साथै यस \'नि प्हुगाल\' चलचित्रको प्रोजेक्ट इन्चार्ज विमल जि सी भुजेल रहेका छन् । भुजेल समुदायको संस्कार संस्कृतिलाइ जीवन्त प्रस्तुत गर्न खोजीएको उक्त चलचित्रलाई तनहुँ जिल्लाको आदिमुल भुजेल बस्ती (मन्दिर परिसर) लगाएत कास्कीको कास्कीकोटमा रहेको भुजेल होम स्तयमा छायाकंन गरिएको छ । साथै पोखराको मनोरम दृश्य पनि हेर्न सकिनेछ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"204172\"] यस चलचित्रको मुख्य भुमिकामा भिम भुजेल, पुजा भुजेल, सुरज भुजेल र पार्वती भुजेल रहेका छन् भने अन्य कलाकारहरुमा रेशम भुजेल, थम माया भुजेल, सचिन भुजेल, देवि भुजेल रहेका छन् । त्यस्ते चलचित्रमा जुनु भुजेल, कला भुजेल, कोपीला भुजेल, पृथ्वी भुजेल, लोक बहादुर भुजेल, कमल भुजेल, बसुन्धरा भुजेल, आषिश भुजेल, विज्ञान भुजेल, कविता भुजेल, शोभा भुजेल, प्रतिक्षा भुजेल, विमल जिसी लगायतका कलाकारहरुको अभिनय हेर्न सकिनेछ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"204171\"] उक्त चलचित्रमा ३५ प्रतिशत भुजेल भाषा समावेश गरिएकोछ भने बाकी ६५ प्रतिशत नेपाली भाषा राखिएको छ । करिब ४० लाखको लगालीमा बनेको यस चलचित्रमा भुजेल भाषाको चुट्का गीत सहित तीनवटा गीत प्रस्तुत गरिएको छ । यस चलचित्रको मुख्य निर्देशक तथा पट कथाकार कृष्ण कुमार गुरुङ रहेका छन् भने सहायक निर्देशकमा सोम गुरुङ र ज्ञानु भुजेल रहेका छन् । उक्त चलचित्रलाई प्रकाश गुरुङ(कास)ले छायांकन गरेका छन् । यस चलचित्र चलचित्र बिकास बोर्डबाट \'U\' प्रमाण पत्र सहित सेन्सर पास भइसकेको निर्माण टिमले खबर डबली डटकमलाई बताएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: