Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नेपाल आइडलबाट चर्चा पाएका गायक प्रताप दास अब नायक पनि!

इटहरी । अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो नेपाल आईडलको सिजन २ यतिखेर चलिरहेको छ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगीता आयोजना भएसँगै यसले खुबै चर्चा पायो । सामाजिक सञ्जाल, युट्युव तिर अहिलेपनि युट्युवको शीर्षस्थानमा आइरहेको हुन्छ । यसैबिच नेपाल आईडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दास यतिखेर देशबिदेशका कार्यक्रमहरुमा निकै ब्यस्त छन् । उनले थुप्रै गीतहरु गाईसकेका छन् । नेपाल आईडलका अन्य बिजेता भन्दा उनले चलचित्रका गीतहरुमा बढी स्वर दिएका छन् । पछिल्लो समय चलचित्रका निर्माता तथा निर्देशकले उनलाई खोज्ने गरेका हुन्छन् । यसैबिच उनले स्वर भरेको ‘रोज’ चलचित्रमा समावेश ‘फूल हैन’बोलको गीत यतिखेर चर्चामा छ । यहि भदौ २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टिम अहिले मोफसलको प्रमोशनल टुरमा छ । चलचित्रका नायक तथा नायिकाहरुसँगै गायक प्रताप दासपनि सँगै छन् । पोखराबाट सुरु भएको प्रमोशनल टुर, बुटवल, चितवन हुँदै आइतबार इटहरी र धरानमा सम्पन्न भयो । इटहरीमा कन्सर्ट सुरु हुनु अघि गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रतापले आफ्नो स्वरमा रहेको गीतको बिषयमा जानकारी दिए । त्यसैबिच सञ्चारकर्मिहरुको ‘चलचित्रमा स्वर मात्र कि अभिनय पनि ?’ भन्ने प्रश्नमा प्रताप केहिबेर रोकिए । उत्तर दिनुपुर्व छेउमै रहेका नायक प्रदीप खड्का तर्फ हेर्दै ‘सुटिङ भएको थियो तर मेरो सिनमात्र काटियो’ भन्ने जवाफ दिए र मुसुक्क हाँसे । उनले दोस्रो हर्फमा चलचित्रमा मेरो अभिनय छैन गीत मात्र गाएको हुँ भने । प्रदीपतर्फ हेर्नु र उत्तर दिन अक्मकिनुले कतै ‘रोज’मा प्रतापको पनि अभिनय छ कि भन्ने जिज्ञासा थपिदिएको छ । यो भन्दा अघि प्रदीपकै चलचित्र ‘प्रेमगीत २’, ‘लिलिबिली’मा पनि एक/एक गीत गाएका थिए । केहिबर्ष यता प्रताप र प्रदीप नजिक छन् । प्रतापले पत्रकार भेटघाटमै चलचित्रमा कामगर्ने इच्छा जागेको पनि बताए । ‘यदि राम्रो चलचित्रका लागी अफर आउँछ भने म गर्न तयार छु, किनकी मलाई पहिले देखी चलचित्रमा अभिनय गर्ने इच्छा छ’, प्रतापले भने । कार्यक्रममा नायक प्रदीप खड्का र नायिका मिरुना मगरले चलचित्र ‘रोज’को बिषयमा जानकारी गराए । अन्तिम समयमा आएर चलचित्रको नाम परिवर्तन, नायकले नायिकालाई मार्नुको कारण लगायतका बिषयमा सञ्चारकर्मिहरुले जिज्ञासा राखेका थिए । मोफसल टुरमा नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दाससँगै चलचित्र निर्माण नियन्त्रक बुद्धिलाल मगर, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम छ । आइतबार इटहरी र धरानको कन्सर्ट सकेलगत्तै सोमबार टिम झापा पुगेको छ । झापामा दमक र बिर्तामोडमा कन्सर्ट गरेलगत्तै टिम काठमाडौं फर्किनेछ । काठमाडौंमा पनि दुईठाउँमा कन्सर्ट गरिने निर्माण नियन्त्रक बुद्धलालले जानकारी दिए । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यो चलचित्र निरक पौडेलले निर्देशन गरेका हुन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy