Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

नेपाली सेना चीन, पाकिस्तान र श्रीलंकासँग सैन्य अभ्यास गर्दै

काठमाडौँ । नेपाली सेनाले चीन, पाकिस्तान र श्रीलंकासँग द्विपक्षीय सैन्य अभ्यास गर्ने भएको छ। बिम्स्टेक मुलुकका सेनाप्रमुखको उपस्थितिमा भारतको पुणेमा गरिने संयुक्त सैन्य अभ्यासलगत्तै यी मुलुकसँग सैन्य अभ्यास गर्न लागिएको हो। आजको अन्नपुर्ण पोस्ट दैनिकमा यो खबर छ - ‘नेपालको परराष्ट्र मामिला र सुरक्षा नीति’मा आधारित रहेर सैन्य अभ्यासले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धको दायरा बढाउने नेपाली सेनाले जानकारी दिएको छ। बिम्स्टेक शिखर सम्मेलनअगावै यस प्रकारको अभ्यासको टुंगो लागेको सेनाको भनाइ छ। प्रधानसेनापति राजेन्द्र क्षत्री बिदामा बस्ने अघिल्लो दिन साउन २३ मा आफ्ना सकल दर्जा, अधिकृत र रथीलाई दिएको ९२ बुँदे बिदाइ सम्बोधनको ४७ र ४८ नम्बर बुँदामा सैन्य अभ्यासबारे उल्लेख भएको छ। ‘यसमा सहभागी मुलुकबीचको अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान हुन्छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘सरकारको निर्णयमा अन्तर्राष्ट्रिय स्तरका अभ्यासमा सेना सहभागी हुने गरेको छ।’ अभ्यासलाई सैन्य कूटनीतिका साथै नेपाली सेनाको वृत्ति विकासको अवसरका रूपमा लिएको पनि उनले बताए। बिम्स्टेक राष्ट्रका सेनाको सहभागितामा अभ्यास हुने तर त्यहाँ नेपाली सेना नजाने हो भने कस्तो सन्देश जाला र त्यसले हाम्रो कूटनीतिलाई कसरी हेरिएला भन्ने कोणबाट पनि बहस हुनुपर्ने सैन्य अधिकारीले बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक सम्मेलनमै सैन्य अभ्यासको विषय राखेपछि यो चर्चामा आएको हो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending