Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

सिरिया, रुस र इरानलाई ट्रम्पको कडा चेतावनी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विद्रोही नियन्त्रित इड्लिब प्रान्तमा \'गैरजिम्मेवार ढङ्गले\' कारबाही नगर्न सिरियाली सरकार र उसका साझेदारहरू रुस तथा इरानलाई चेतावनी दिएका छन् । ट्वीट गर्दै उनले त्यस्तो हमलाबाट हजारौँ मानिस मारिन सक्ने बताएका छन् । सिरियाली सरकारी फौजले इड्लिबमा ठूलो हमलाको तयारी गरिरहेका विवरणमाझ ट्रम्पको चेतावनी आएको हो । इड्लिब सिरियाली विद्रोहीहरूको पकड रहेको अन्तिम महत्त्वपूर्ण क्षेत्र हो । संयुक्त राष्ट्रसंघले पनि सिरियाली फौजले गर्ने भनिएको हमलाले हजारौँ नागरिकलाई भयावह परिणाम निम्त्याउन सक्ने जनाएको छ । यसअघि सोमवार अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली सरकार र उसका साझेदारहरूले रासायनिक हमला गरे वाशिङटनले त्यसको जवाफ दिने चेतावनी दिएको थियो। राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले ट्वीट गरेकी छन्, \'सबैको नजर असाद, रुस र इरानले इड्लिबमा के गर्छन् भन्ने कुरामा छ ।\' अधिकतर सिरियामा विद्रोहीहरू परास्त भइसकेको पृष्ठभूमिमा उत्तरी प्रान्तमा गरिने आक्रमण सिरियाली गृहयुद्ध अन्तर्गत अन्तिम महत्त्वपूर्ण लडाइँ हुनेछ । राष्ट्रपति बशर अल असदले त्यहाँ चरणबद्ध आक्रमण गराउने तयारी गरिरहेको स्रोतहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार अल-नुस्रा र अल-कायदाका करिब १० हजार जिहादीहरू इड्लिबमा छन् । रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले मानिसहरूलाई सुरक्षा कवच बनाएको भन्दै इड्लिबबाट \'आतङ्कवादीहरू\' सफाया गर्नुपर्ने बताएका छन् । सिरियामा सात वर्षभन्दा बढी समयदेखिको लडाइँका कारण चार लाखभन्दा बढी मानिसहरू मारिएको अथवा हराइरहेको र आधाभन्दा बढी जनसङ्ख्या विस्थापित भएको बताइन्छ  ।बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies