Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

हक्कानी सञ्जालका संस्थापकको निधन

काबुल। अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्क (समूह) का संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ । अफगान तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध रहेको हक्कानी समूहको नेतृत्व अहिले जलालुद्दीनका छोरा सिराजुद्दीनले गरिरहेका छन् । उनी अफगान तालिबानका उपनेता पनि हुन् । जलालुद्दीनको मृत्यु दीर्घरोगका कारण भएको उल्लेख गर्दै तालिबानले प्रकाशन गरेको वक्तव्यमा जलालुद्दीन आफ्नो समयका ठूला जिहादी व्यक्तित्व रहेको बताइएको छ । सन् १९८० को दशकमा हक्कानीले अमेरिका र पाकिस्तानको सहयोगमा अफगानिस्तानबाट रुसी सैनिक फिर्ता गराउन लामो सशस्त्र सङ्घर्षको नेतृत्व गरेका थिए । अरबी भाषा धाराप्रबाह बोल्न सक्ने जलालुद्दीनले ओसामा बिन लादेन समेतका अरबी लडाकूहरुसँग सम्बन्ध सुदृढ गर्न भूमिका निर्वाह गरेका थिए । उनी अफगानिस्तानमा तालिबानीहरु सरकारमा रहँदा मन्त्री समेत भएका थिए । जलालुद्दीनको मृत्युको खास कारण भने खुलाइएको छैन । सन् २००८ र २०१५ मा पनि उनको मृत्यु भएको हल्ला चलेको थियो । उनी ८० वर्षको हाराहारी उमेरका रहेको बताइन्छ । पछिल्ला वर्षहरुमा उनी पाकिस्तानमा लुकिछिपी बसेको विश्वास गरिन्छ । अफगानिस्तानमा अमेरिकी हस्तक्षेप पश्चात हक्कानी समूहले ठुल्ठूला आक्रमणको नेतृत्व गरेको ठानिन्छ । पछिल्ला दिनहरुमा काबुल सहितका विभिन्न स्थानमा भएका आक्रमणमा समेत हक्कानी समूहको संलग्नता रहेको छ तर त्यसको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइरहेको छ । विश्लेषकहरुको भनाइमा हक्कानीसँग आइएस समूहको सम्बन्ध पनि प्रगाढ छ, तर बाह्य संसारलाई भ्रमित पार्न हक्कानी समूह र आइएसबीच बेलाबेला अन्तरसंघर्ष हुने गरेको छ । पाकिस्तानको छायाँ सैनिकसँग लामो सम्बन्ध कायम राखेको हक्कानी समूहलाई अमेरिकी एडमिरल माइक मुलेनले सन् २०११ मा पाकिस्तानी जासूसी संस्थाको “विश्वसनीय हतियार” रहेको बताउनुभएको थियो । अमेरिकाले आतङ्ककारी समूह घोषित गरेको हक्कानी समूहले ठूलो संख्यामा आत्मघाती बम हमला गर्ने गरेको बताइन्छ । काबुलमा मे २०१७ मा भएको ट्रक बम हमलामा समेत हक्कानी समूहको संलग्नताको आशंका छ । यस हमलाबाट करिब १५० जनाको मृत्यु भएको थियो । तर सिराजुद्दीनको बिरलै आउने एक अडियो सन्देशमा उक्त हमला आफूहरुले नगरेको भन्दै अस्वीकार गरेका थिए । रासस/एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies