Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

धर्मगुरु सलमानलाई मृत्युदण्डकाे माग

रियाद। साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उनलाई मृत्युदण्ड दिनुपर्ने बताएका यहाँका सञ्चारमाध्यमले जनाएका छन् । अवदाविरुद्ध विभिन्न ३७ आरोप दर्ता गरिएको सरकार पक्षधर ओकाज पत्रिकालगायतका सरकार निकट अन्य सञ्चारमाध्यमले बिस्तृत विवरण नदिइकनै जानकारी गराएका छन् । अवदा लगायतका २० जनालाई सन् २०१७ को सेप्टेम्बरमा कट्टरपन्थी अनुदारवादी राज्यमा फैलिएको विद्रोहमा दोषी भएको आरोपमा पक्राउ गरिएको थियो । यसबारे सरकारी अभियोजकको कार्यालयले कुनै प्रतिक्रिया जनाइसकेको छैन । मध्यपूर्वी मानव अधिकार अनुगमनबारे अनुसन्धान गरिरहेका आदम कुगलले ट्वीटमार्फत् भन्नुभएको छ, साउदी अरबका सरकारी अभियोजकहरूले ख्यातिप्राप्त मुसलमान धर्मगुरु सलमान अल–अवदालाई मृत्युदण्ड दिन खोजेको भन्ने सूचनाहरू बाहिरिएका छन् । यसबारे बिस्तृत विवरणहरू भने आइसकेका छैनन् । उनले भने, “यस किसिमका मुद्दामा मृत्युदण्ड दिने भनेको विरोधी आवाज नियन्त्रणको दयनीय अवस्था हो ।” अल–अवदा जेलमा बिरामी बनेपछि पश्चिमी शहर जेदाहका उपचाररत छन् । उनलाई जेलमा पाँचमहिनासम्म जेलमा एकान्तमा राखेको उनका पारिवारिक स्रोतलाई उद्धृत गरी एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । उनलाई परिवार लगायतका कसैसँग भेट्ने अबसर नदिइएको मानव अभिकारवादी संघसंस्थाहरूले जनाएका छन् । एम्नेष्टी इन्टरनेशनलका अनुसार साउदी अरब र कतारबीच सम्भावित पुनःमिलनको सूचनालाई स्वागत गरी ट्वीट गरेको केही घण्टामा अवदालाई पक्राउ गरिएको थियो । साउदी अरब लगायतका अन्य खाडी मुलुकले अतिवादी इस्लामिक समूहलाई सघाएको आरोपमा कतारसँगको कुटनीतिक तथा आर्थिक सम्बन्ध तोडेका थिए । रासस/एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending