Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै

खबरडबली संवाददाता

सुर्खेत । बलात्कारपछि हत्या भएको १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारका अनुसार शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

इनिसाको न्यायको माग गर्दै परिवारले यसअघि शव बुझ्न अस्वीकार गरेको थियो। उनको शव २७ दिनदेखि प्रदेश अस्पतालको शवगृहमा राखिएको थियो।

मंगलबार जिल्ला अदालत सुर्खेत ले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो। अदालतको उक्त आदेशपछि परिवार शव बुझ्न सहमत भएको हो।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। वीरेन्द्रनगर स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी फागुन २३ गते बिहान ट्युशन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।

सोही दिन बिहान करिब ९ बजे वीरेन्द्रनगर–४ मा रहेको शहीद पार्क नजिकको जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले चार जना युवकलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएपछि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपुरकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले ज...

सरकारी विज्ञापन अब सरकारी मिडियामै प्रकाशन गर्न निर्देशन

पत्रकार महासंघले भन्यो: अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास

आर्टेमिस–२: चन्द्र यात्रामा मानवको पुनरागमन

फ्लोरिडा। आधा शताब्दीभन्दा बढीपछि मानवता पुन: चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत ...

पोष्टमार्टम रिपोर्ट : सिर्जना बुढामगरको मृत्यु जलनकै कारण

खजुरा। नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोष्टमार्टम रिपोर्टले देखा...

काठमाडौंमा रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। ...

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष छलफल सुरु

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेको छिन्। सरकारले सय दिनभित्र साना सहकार...

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै

सुर्खेत । बलात्कारपछि हत्या भएको १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारका अनुसार शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको ...

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह लाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल मा भर्ना गरिएको छ। बिहीबार बिहान उनको मुटुसम्ब...

यात्रु तानातान गर्ने ४८ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटी र मातहतका प्रहरी टोलीले बल्खु क्ष...

यात्रु तानातान गर्ने ४८ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटी र मातहतका प्रहरी टोलीले बल्खु क्ष...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending