Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

स्थानीय सरकारको शैक्षिक विकास अभियान

ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिले चित्रको माध्यमबाट सिकाउने गरी विज्ञान, गणित अङ्ग्रेजी र सामान्यज्ञान समेटिएको पुस्तक प्रकाशन गरेको हो । गाउँपालिकाभित्रका धार्मिक पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको जानकारी समेटिएको पुस्तक प्रकाशन गरेर पालिकाभित्रका सबै विद्यालयमा अनिवार्य अध्ययन अध्यापन गराउनुपर्ने गरी लागू गरिएको गाउँ शिक्षा समिति संयोजक उज्ज्वन बुढाथोकीले जानकारी दिए । “स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर स्थानीय भाषा र विषयवस्तु समेटिएको पुस्तक प्रकाशन गरेर लागू गर्न पाउने नियम छ”, अनुगमन समितिका संयोजकसमेत रहनुभएका बुढाथोकीले भने, “शैक्षिक सुधारको अभियानअन्तर्गत पाठ्यपुस्तक प्रकाशन गरेर लागू गरिएको हो । यसले स्थानीय अवस्थाबारे पनि जानकारी दिनेछ र अध्ययन अध्ययापनमा पनि सहजता ल्याउने छ ।” प्रकाशित पाठ्यपुस्तक उक्त गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा निःशुल्क पठाइएको उहाँको भनाइ छ । चालु शैक्षिक सत्रमा कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू भएको र आगामी शैक्षिक सत्रदेखि क्रमशः माथिल्लो कक्षामा स्थानीय पाठ्यपुस्तकमार्फत पठनपाठन हुने गाउँपालिका अध्यक्ष नवराज केसीले बताए । “सामुदायिक विद्यालयप्रति नागरिकको विश्वास घट्दो छ । यो अवस्था सुधारका लागि हामी प्रयास गरिरहेका छौँ”, अध्यक्ष केसीले भने, “दुई वर्षभित्रमा चम्पादेवीका सबै सामुदायिक विद्यालय नमूना बनाउने गतिमा काम भइरहेको छ ।” उक्त गाउँपालिकाभित्रका ४२ विद्यालयमा कक्षा एकमा पढ्ने करीब ५५० विद्यार्थी छन् । उनीहरू सबैले यस वर्ष स्थानीय विषयको पुस्तक पढ्न शुरु गरेका छन् । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्यालेण्डरसमेत प्रकाशनमा ल्याएको छ । प्रकाशित स्थानीय विषयको पाठ्यपुस्तक र शैक्षिक क्यालेण्डर गाउँपालिका अध्यक्ष नवराज केसीले यहाँ आयोजित एक कार्यक्रममा लागू भएको घोषणा गरेको छ । उक्त गाउँपालिका स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेर लागू गर्ने जिल्लाको पहिलो स्थानीय सरकार हो । शैक्षिक विकास र गुणस्तर सुधारका लागि १५ बुँदे कार्यक्रम तय गरेर काम गरिरहेको पनि बताइएकोे छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy