Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

कृषि पाठशाला सञ्चालन

पर्वत । कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर गाउँमा उत्पादित अन्न तथा फलफूल निर्यात गरी प्रशस्त आम्दानी भित्र्याउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा सो पाठशालामा सञ्चालन गरिएको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए । उक्त पाठशालामा हरेक शुक्रबार बिहान कक्षा सञ्चालन गरिने भएको छ । कृषि पाठशालासँगै व्यावसायिक कृषिका लागि वडा कार्यालयले ११ टोल विकास संस्था पनि स्थापना गरिएको छ । एक टोल एक सामुदायिक नर्सरी स्थापना र एक घर एक करेसाबारी सञ्चालन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । साप्ताहिकरूपमा सञ्चालन हुने पाठशालामा हरेक टोल विकास संस्थाका कृषक सहभागी हुने र तिनलाई कृषि प्राविधिकले बालीनाली लगाउने तरिका, मलखादको प्रयोग, रोग किराको प्रकोपबाट बच्ने उपाय, फल टिप्ने तरिका, फलको व्यवस्थापन, फल टिपिसकेपछि बोेटको व्यवस्थापनजस्ता विषयमा सहजीकरण गर्दछन् । कृषकले आफ्नो घरमा रहेको करेसाबारीमा देखिएका समस्या पाठशालामा लान्छन । कृषि प्राविधिकले पाठशालामा समस्या समाधान गरिदिन्छन् । प्रत्येक साता कक्षा सञ्चालन हुने भएपछि कृषकका सबै समस्या समाधान गर्न सहज हुने वडाध्यक्ष उच्चैले जानकारी दिए। यसबाट व्यवासायिक कृषकका साथै निर्वाहमुखी वा घरायसी प्रयोजनका लागि मात्र खेती गर्ने कृषक पनि लाभान्वित हुने भएका छन् । पछिल्लो समय कृषि क्षेत्रको विकासमा लगानी बढाएको महाशिला गाउँपालिकाले एक गाउँ एक प्राविधिक पनि परिचालन गरिसकेको छ । यसअघि यान्त्रिक हलो वितरण गरेको गाउँपालिकाले कृषकको सहजताका लागि कुटनी पिसनी मिलसमेत वितरण गरेको छ । निःशुल्क रूपमा प्लाष्टिक टनेल बाँडेको गाउँपालिकाले अहिले कृषकलाई उनीहरूको माग बमोजिम निःशुल्क बिऊ वितरण गरेको छ । रु एक लाख बराबरको काउली, बन्दा, रायो, मुला, सिमी, बोडी, काक्रा, घिरौला, लौका, टमाटर, खुर्सानीलगायतका जातका उन्नत बिऊ वितरण गरिएको वितरण गरिएको वडाध्यक्ष उच्चैले बताउए । त्यस्तै घरघरमै पशु चिकित्सक तथा प्राविधिक पठाएर पशुको स्वास्थ्य परीक्षण पनि गराउन थालिएकाले कृषकको मनोबल बढ्नाका साथै कृषि पेशातर्फ लाग्न प्रेरणा पनि मिलेको छ । जिल्लामै पहिलो पटक सञ्चालन गरिएको उक्त पाठशालाबाट अन्य वडाका कृषक पनि लाभान्वित भएका छन् । अहिले वडा नं ५ मा मात्रै झण्डै २०० परिवारले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादित तरकारी स्थानीय लुङ्खुदेउराली बजारका साथै छिमेकी जिल्ला स्याङजाको वालिङ, पुतलीबजार, पर्वतको कार्किनेटा बजार र पोखरासम्म जाने गरेको छ । एउटा कृषकले न्यूनतम रु एकदेखि १० लाखसम्म पनि आम्दानी गर्ने गरेको वडाध्यक्ष उच्चैले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy