भाद्र २५ गते, २०७५ सोमवार 10th September, 2018 Mon०९:०७:५६ मा प्रकाशित
काठमाडौं । केही महिनादेखि नेपालको एक ठूलो ‘गायन रियालीट शो’ नेपाल आइडल सिजन-२ प्रशारण भइरहेको छ । सिजन-२ मा पनि थुप्रै मिहिनेती प्रतिस्पर्धी छन् । उनीहरुबीच अहिले प्रतिस्पर्धाको रौनक झन बढेको छ । कठिन प्रतिस्पर्धाबीच मैदानमा छन्,- प्रदेश सातबाट मिठो आवाज भएका रबि वड ।
उनी नेपाल आइडलमा अब प्रदेश सातबाट प्रतिस्पर्धा गर्ने एक मात्र प्रतिस्पर्धी हुन् । रबिको आवाजमा जादू छ । त्यसकारण त उनी आइडलमै छन् । रबिको आवाजको जति प्रशंसा गरेपनि कम हुन्छ ।
हालको प्रदेश सात (साविक सुदूरपश्चिम विकास क्षेत्र) बाट पनि आइडलको उपाधि जित्ने सम्भावना भएका थुप्रै प्रतिस्पर्धी थिए । तर, उपाधिका जित्ने दौडमा रहेका सम्भावित प्रतिस्पर्धी आउट भएका छन् । एद्यपि रबि भने अहिलेसम्म घर फिर्ता हुनबाट जोगिएका छन् ।
रबिले आफ्नो संगीत यात्रा शुरुवात धनगढी स्थित एक दोहोरी साँझबाट गरेका हुन् । आर्थिक स्थिती कमजोर भएको परिवारमा जन्म लिएका उनले आफ्नो बाजेको प्रेरणाबाट गीत संगितमा लागेको सुनाउँछन् ।
रबिले सांगीतक क्षेत्रमा अगाडि बढ्ने प्रेरणाबारे भने, ‘हजुरबुबा गीत गाउनुहुन्थ्यो विशेष गरि म यो क्षेत्रमा आउन उहाँबाट नै प्रभावित भए।’ रबिको घर कञ्चनपुर हो । अहिले उनी २० वर्षका भए । रबिका बुवा भारतमा वाचम्यानको काम गर्ने गर्दछन् । आमाको भने केही वर्षअघि घाँटीको समस्याले निधन भइसकेको छ । रबिले आइ परे जस्तोसुकै गीतलाई पनि न्याय दिन सक्छन् । उनले मध्य तथा सुदूरपश्चिममा गाइने ठाडी भाका पनि मिठो लयमा गाउन सक्छन् ।
यस्तै, लोकदोहोरी, पप, हिन्दी गीत त उनले सजिलै गाउन सक्छन् । विशेष गरि उनले शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु गुन गुनाउँछन् । रबिले ‘थिएटर राउण्ड’ पूरा गरिसकेका छन् । उनी अहिले ‘उत्कृष्ट २०’ भित्र पर्न सफल भएका छन् ।
रबिले धनगढी अडिसनबाट भाग लिएका हुन् । उलने पहिलो चरणमा कमल खत्रीको ‘अब जाउँला रेलैमा, माया तिम्रो साथैमा’ बोलको गीत गाएर ‘गोल्डेन टिकट’ पाएका थिए । त्यसपछि उनले ग्रुपमा ‘पार्यो भुतुक्कै’ र थिएटर राउण्ड पूरा गर्दा सुगम पोखरेलको ‘झिल्केले जाल बुन्यो’ बोलको गीतले साथ दियो ।
उनको उनको यात्रा झन कठिन बनेको छ । आगामी यात्रा उनले बढि मिहिनेत गर्न जरुरी छ । किनकी अब कोहीभन्दा कम प्रतिस्पर्धी छैनन् । प्रदेश सातका एक मात्रै प्रतिस्पर्धी भएकाले अब उनमा हौसला भर्न आवश्यक देखिन्छ । त्यसका लागि सम्पूर्णले उनलाई सहयोग गर्न आवश्यक छ । त्यो सहयोग अहिलेलाई माया र साथ हो ।
विशेष गरि उनले प्रदेश सातबाट प्रतिधित्व गरेकाले उनलाई यहाँका नागरिकले बढ्दा साथ र माया दिन आवश्यक छ । अब हेर्दै जाउ रबिको नेपाल आइडल यात्रा कहाँसम्म पुग्छ । आशा गरौं उनले नै आइडलको उपाधि जित्न सफल हुन् । रबिलाई हाम्रो धेरै शुभकामना !
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: