Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

निर्मला हत्या प्रकरणः प्रहरीको 'उल्टो' भूमिका

काठमाडौं । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ । न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित एसपी डिल्लीराज विष्ट र उनी मातहतका प्रहरीले योजनाबद्ध रूपमै प्रमाणहरू नष्ट गरेको देखिन्छ । किशोरी निर्मला पन्तलाई उनकी साथी रोशनी बमले घटना हुनु एक साताअघिदेखि नै डान्स सिक्न जान कर गरिरहेकी थिइन् । ‘साउनमा स्कुल वर्षेबिदा भएदेखि ऊ दिनहुँ आउँथी र जतिखेर पनि निर्मलालाई डान्स सिक्न पठाउनु न आन्टी भनेर कर गरिरहन्थी,’ आमा दुर्गादेवी पन्त भन्छिन्, ‘मैले हुँदैन, डान्स सिक्ने हाम्रो अवस्था पनि होइन र इच्छा पनि छैन भनेर टारेँ । तर उसले जिद्दी गरेको गर्‍यै गरेपछि अर्काकी छोरीलाई सम्झाइरहनुभन्दा आफ्नै छोरी नजाओस् भनेर निर्मलालाई दुई–चार चड्कन लगाएकी थिएँ ।’ त्यसको दुई दिनपछि साउन ९ गते आमा नभएका बेलामा रोशनी निर्मलालाई भेट्न उनको घर पुगिन् । गुजाराका लागि निर्मलाका बा घरदेखि अलि पर कञ्चनपुरकै भासी भन्ने ठाउँमा ठेलामा पानीपुरी बेच्थे । निर्मलाकी आमा पनि घरमै चटपटे बेच्ने गर्थिन् । आफू नभएका बेलामा आएकी रोशनीले उधारोमा चटपटे खाएको र ‘भोलि घरमा पैसा लिन आउनू’ भनेको कुरो पछि मात्रै आफ्नी अर्की छोरीबाट दुर्गादेवीले थाहा पाइन् । साउन १० गते बिहान ९ बजे दुर्गादेवीले निर्मला र अरू दुई छोरीसँगै खाना खाइन् । अनि निर्मलालाई होमवर्क गर्दै पसलमा बस्नु भनेर सामान लिन बजारतिर हिँडिन् । ‘दिउँसो १ बजे फर्केर आउँदा कान्छी छोरी मात्रै थिई, जेठी छिमेकीकोमा गएकी रहिछ,’ उनी भन्छिन्, ‘मैले निर्मला खोइ भनेर सोधें, उसले रोशनीकोमा गाइड बुक र अम्बा लिन जान्छु भनेर हिँडी भनी । निर्मला ११ बजे गएकी रहिछ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy