Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

विद्यालयमै कुटिएका शिक्षक १९ दिनदेखि बेपत्ता

काठमाडाैं । विद्यालय परिसरमै कुटिएका रुकुम पूर्वका एक शिक्षक १९ दिनदेखि बेपत्ता भएका छन् । ३१ साउनमा विद्यालयमै कुटिएका पुथाउत्तरगंगा गाँउपालिका–२ स्थित आधारभूत विद्यालय पेल्मा मैकोेटका शिक्षक मखन केसी १२ भदौदेखि सम्पर्कविहीन भएका हुन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - उनलाई कसले र किन कुटपिट गर्‍यो अझै खुल्न सकेको छैन । बेपत्ता केसीका दाइ मोहनबहादुरले भाइलाई कुटपिट गरी बेपत्ता पारिएको बताए । केसीको खोजी गरिदिन प्रशासन तथा अन्य सरोकारवाला निकायलाई परिवारजनले आग्रह गरेका छन् । केसीले २४ वर्षदेखि उक्त विद्यालयमा पढाउँदै आएका थिए । शिक्षकमाथि मरणासन्न हुने गरी कुटपिट र बेपत्ता पारिँदासम्म वडा कार्यालय एवं विद्यालय प्रशासनको उदासीनता देखाएको पीडित परिवारको आरोप छ । केसी परिवारले कुटिपिटमा संलग्नको पहिचान गरी कारबाही गर्न तथा केसीको खोजी गर्न आग्रह गरेको छ । बेपत्ता भएको लामो समय बितिसक्दा पनि केसीबारे कुनै जानकारी नहुँदा परिवारमा रुवावासी चलेको छ । सिस्ने गाउँपालिका –६, रुकुमकोटमा स्थायी घर भएका केसी करिब २४ वर्षदेखि आधारभूत विद्यालय पेल्मामा कार्यरत थिए । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बेपत्ता शिक्षकको खोजी भइरहेको बताए । ‘हराएको सूचना आएदेखि नै हामीले हाम्रो संयन्त्रबाट खोजी जारी राखेका छौँ ।’ उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy