Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अट्बारी पर्व रमाउँदै थारु समुदाय

भीमदत्तनगर । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायले धुमधामका साथ मनाउँदै छन् । भाद्र शुक्ल पक्षको पहिलो आइतबारअर्थात् श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारलाई अट्बारी व्रत बस्ने परम्पराअनुसार थारु समुदायले अट्बारी पर्व मनाइरहेका हुन् । दुई दिनसम्म मनाइने अट्बारी पर्वमा हिन्दू महिलाको महान् चाड हरितालिका तीज पछिको शनिबार मध्यरातिमा दर (भिन्सर्या) खाएर थारू समुदायको विधिवतरूपमा पर्वको शुरुवात हुने गरेको छ । अट्बारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको भीमदत्तनगरपालिका–१८ भगतपुरका बेदप्रकाश चौधरीले बताउनुभयो । द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । त्यस्तै, अर्को थरी मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । भीम नेपालको सुर्खेत जिल्लामा रहेको काक्रेविहार घुम्न आएका बेला शत्रुबाट राजा दंगिशरण चौधरी माथि आक्रमण भएको थियो । त्यतिबेला रोटी पकाइरहेका भीमले काम छोडेर भोकभोकै राजा दंगिशरणलाई सहयोग गरेका थिए भन्ने किम्वदन्ती रहेको छ । भीमदत्तनगरका बेदप्रकाश चौधरीले निर्मला काण्डले गर्दा यस पर्वको रौनकमा कमी आएको बताए । त्यसैगरी कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का जयराम चौधरीले अट्बारीको रौनकता गाउँमा छाएको बताउनुभयो । “यो हाम्रो माघीपछिको दोस्रो ठूलो पर्व हो ।” उहाँले भन्नुभयो, “दशौँ पुस्तादेखि अट्बारी पर्व मनाउँदै आएका छौँ ।” आइतबार दिन भर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् । व्रत बसेका वर्तालुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ । अट्बारीको दोस्रो दिनअर्थात् आज बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गव्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी व्रतालुले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । पूजापाठपछि व्रतालुले आफ्नो खानाको परिकारबाट आधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रहिआएको छ । आज बिहानको भोजनलाई थारूभाषामा ‘फ्राहार’ भनिन्छ । अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) व्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागि फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीलाई यसै दिन दिने चलन छ । विवाहित छोरीचेलीले दाजुभाइले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकुवानसहितको कोसेली आउँला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनी यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् । सम्बन्धको प्रतीकका रुपमा समेत रहेको पर्वका बेला घर बाहिर रहेका परिवारका सदस्य र आफन्त एकठाउँमा जम्मा हुने गरेको थारू पत्रकार सङ्घका जिल्ला अध्यक्ष धनबहादुर कुश्मीले जानकारी दिनुभयो । “अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिन प्रचलन यो पर्वमा छ ।” अध्यक्ष कुश्मीले भन्नुभयो, “थारू पर्व, कला संस्कृतिका संरक्षणमा सरकारले पनि थप सहयोग गर्नु आवश्यक छ ।” अट्बारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy