Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सबै प्रदेशमा ट्राफिक कार्यालय

काठमाडौँ । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्ने, सिटबेल्ट नलगाई चलाएमा कारवाही गर्ने, तोकिएको सिटमा तोकिएको मान्छे राखे नराखेको हेर्ने, दुर्घटना भए सम्बन्धित ठाउँमा पुगेर घटनाबारे विस्तृत विवरण लिएर दोषीलाई कारवाही गर्नेलगायतका काम ट्राफिक प्रहरीले गर्दै आएको छ । ट्राफिक प्रहरीको मुख्य काम भनेकै सवारी चालकलाई सडक अनुशासनमा हिँड्न सिकाउने हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री सडक र सवारी सञ्चालन हुने मुलुकको सबै क्षेत्रमा ट्राफिक प्रहरी पु¥याउने लक्ष्यअनुसार ट्राफिक प्रहरी कार्यालय विस्तार गरिएको बताउछन् । “संविधानअनुसार निर्माण भएको सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि नेपाल प्रहरीले सबै प्रदेशमा ट्राफिक कार्यालय स्थापना गरेको हो”, उनले भने । गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गर्नुभएको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गर्नुभएको १० बुँदे प्राथमिकताको आधारमा सबै प्रदेशमा ट्राफिक कार्यालय पु¥याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अब हरेक प्रदेशमा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा ट्राफिक कार्यालय सञ्चालन हुनेछन् । यसअघि पूर्वक्षेत्रीय ट्राफिक कार्यालय विराटनगर, मध्य क्षेत्रीय ट्राफिक कार्यालय पथलैया, पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवल, मध्यपश्चिम क्षेत्रीय कार्यालय कोहलपुर र सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय धनगढीमा रहेको थियो । हाल देशभर ट्राफिक दरबन्दी दुई हजार ४०० को हाराहारीमा रहेको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्र एक हजार ८५ रहेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरको ट्राफिक व्यवस्थापनको जिम्मा पाएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा उक्त जनशक्ति रहेको छ । उपत्यकामा सवारीसाधनको तुलनामा ट्राफिक जनशक्ति अपुग छ । उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजारभन्दा बढी सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । ट्राफिक बत्ती चोकमा नहुनु र सवारीसाधन अत्यधिक हुनाले उपत्यकामा बेलाबेलामा सवारी चाप हुने गरेको छ । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्साल उपत्यकाको ट्राफिक चापलाई न्यूनीकरणका लागि सरकारबाट विशेष योजना ल्याउनु आवश्यक रहेको बताउनुहुन्छ । ठाउँठाउँमा आकाशे पुल र ठाउँठाउँमा अन्डरग्राउण्ड मार्ग निर्माण गरे उपत्यकाको ट्राफिक चाप केही हदसम्म कम हुने महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् त्यीमध्ये काठमाडौँ उपत्यकामा मात्र झण्डै १२ लाख सवारीसाधन रहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy