Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

जाँदाजाँदै निर्मलाका आमाबाबुका प्रश्न

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा कञ्चनपुर (घर) फर्किएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले साताअघि काठमाडौं आइपुगेका थिए निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराज । अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ - १ प्रधानमन्त्रीले टेलिभिजनमा बोलेको कुराले हाम्रो मन पिरोलिएको छ । निर्मला पन्तको पोस्टमार्टमपछि उनको शव मेयरको आँगनमा लगियो भनेर उहाँले भन्नुभो । शव महाकाली अञ्चल अस्पतालबाट सीधै दाहसंस्कारका लागि लगिएको हो । कसैको घरमा लगिएको छैन । यति खुलस्त विषयमा पनि उहाँलाई गलत जानकारी छ भने अपराध अनुसन्धानको विषयमा कसरी सही जानकारी होला ? २ अनुसन्धान गर्न दिइएन, अवरोध भयो भनेर प्रधानमन्त्रीले टिभीमा बोल्नुभयो । तर, अनुसन्धान गरेर अपराधी पत्ता लगाइदेऊ भनेर नै त्यति धेरै मान्छे सडकमा आएका हुन् । त्यही माग गर्दा जनताका छोराछोरीले ज्यान गुमाए । कति घाइते भए । काठमाडौं र देशभरि नारा–जुलुस भए । मैनबत्ती बालिए । यति ठूलो आन्दोलन केका लागि थियो ? तर, यो आवाजले अनुसन्धान गर्न कसरी रोक्यो ? ३ व्यक्ति तोकेर यो अपराधी हुनुपर्छ भनेर दबाब दिइएकाले अनुसन्धान गर्न गाह्रो भएको भनेर प्रधानमन्त्रीले बोल्नुभयो । हामीले त्यसो भनेका होइनौँ । बरु, नक्कली मान्छेलाई उभ्याएर यसको नाममा किटानी जाहेर दिनूस् भन्ने त प्रहरी हो । मैले निर्दोष मान्छेलाई कसरी उजुरी दिन सक्छु भनेको हुँ । तर, उल्टै दबाब हामीले दिएका हौँ भन्ने आरोप प्रधानमन्त्रीले लगाउनुभयो । यो सब उहाँलाई स्पष्ट पार्ने मन थियो । तर, प्रधानमन्त्रीले मलाई सबै थाहा छ भनेर धेरै बोल्न दिनुभएन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy