Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

एघार हजार क्षमताको कारागारमा २० हजार कैदीबन्दी

\"\"काठमाडौँ। नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् । विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा क्षमताभन्दा झण्डै दुईगुणा कैदीबन्दीले जेलजीवन बिताइरहेका छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल, डिल्लीबजार कारागार तथा दाङमा तुल्सीपुर र घोराही कारागार रहेका छन् । ७७ जिल्लामध्ये धनुषा, भक्तपुर, बारा, पूर्वी रुकुम र पूर्वी नवलपरासीमा कारागार छैन । कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालमा १९ हजार ८५४ कैदीबन्दी रहेका छन् । जसमध्ये १८ हजार ५६२ पुरुष, एक हजार २९२ महिला र एक हजार ११२ विदेशी कैदीबन्दी रहेका छन् । यस्तै बालसुधार गृहमा २५४ बालबालिका रहेका छन् । नेपालमा कैदीबन्दी राख्ने क्षमता ११ हजार मात्र हो । अदालतबाट मुद्दा फैसला भई कारागार सजाए भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । नेपालमा कारागारको व्यवस्था विसं १९७१ बाट शुरु भएको हो । नेपालको पहिलो कारागार ‘सदरजेल’ हाल केन्द्रीय कारागार जगन्नाथ देवल हो । विभागले कैदीबन्दीको तथ्याङ्क सजिलै थाहा पाउनका लागि ‘कारागार व्यवस्थापन सूचना प्रणाली’को स्थापना गरेको छ । उक्त प्रणालीमार्फत कैदीको फोटो, कारागारमा बसेको समय, कैदीबन्दीको परिवार, कैदीबन्दीको सरुवा, कैदीबन्दीको हातेप्रिन्ट, कैदीबन्दीको मृत्यु, कैदीबन्दीको कारागारबाट निस्कने समयलगायतका अभिलेख राखिएको हुन्छ । सबैभन्दा बढी कैदीबन्दी केन्द्रीय कारागार जगन्नाथ देवलमा दुई हजार ८२२ र सबैभन्दा कम मुस्ताङमा नौ कैदीबन्दी रहेका छन् । यस्तै क्षेत्रीय कारागार सुनसरी झुम्कामा एक हजार ५३७, पर्सा कारागारमा एक हजार २६९, झापा ८९४, नख्खु कारागार ललितपुर ८३८, भीमफेदी कारागार मकवानपुर ८१२, मोरङ कारागार ७८५, कास्की कारागार ७३१, बाँके कारागार ६२६, डिल्लीबजार कागागार ५९९ कैदीबन्दी रहेका छन् । अन्य जिल्लामा भने ५०० भन्दा कम कैदीबन्दी रहेका छन् । विभागका सूचना अधिकारी कृष्णबहादुर कटुवाल देशभर नै कारागारको क्षमताभन्दा बढी कैदीबन्दी रहेको बताउछन् । “भूकम्पले कतिपय संरचना विगार्दा कैदीबन्दी राख्ने ठाउँ एकदमै साँघुरो भएको छ”, उनी भन्छन् । पछिल्लो समय गम्भीर प्रकृतिका अपराधमा कारागार सजाय भोगिरहेका अपराधीलाई गणतन्त्र दिवस, विदेष पर्वमा ४० प्रतिशत कैद भुक्तान मिनाहा गर्ने प्रावधान गरेको छ । यस्तै, ६५ वर्ष नाघेका कैदीबन्दीको हकमा भने अदालतको अन्तिम फैसलाको आधारमा २५ प्रतिशत कैद भुक्तान मिनाहा गर्ने व्यवस्था गरेको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले मुलुकका अधिकांश कारागार भत्किएका छन् । त्यीमध्ये भीमफेदी, धादिङ, तुल्सीपुर र कपिलवस्तुको कारागार पुनःनिर्माण भइसकेको छ भने नवलपरासी, कास्की, सङ्खुवासभा र अछामको कारागार भवन निर्माण हुने चरणमा रहेको छ । विभागका महानिर्देशक हरिप्रसाद मैनाली कैदीबन्दीको उचित व्यवस्थापनका लागि नुवाकोटको चण्डिपोखरीमा केन्द्रीय कारागार निर्माण गर्न लागेको बताउछन् । “नुवाकोटमा केन्द्रीय कारागार निर्माण भएपछि सात हजार कैदीबन्दी राख्न मिल्छ”, उनी भन्छन् । रु सात अर्बको लागतमा बन्न लागेको केन्द्रीय कारागारका लागि सरकारले रु ४१ करोड विनियोजन गरिसकेको छ । बहुवर्षीय योजनाअन्तर्गत बन्न लागेको उक्त भवन बनेपछि अरु कारागारमा कैदीबन्दीको चाप कमी हुने विभागले जनाएको छ । यस्तै, बाँकेको कोहलपुरमा क्षेत्रीय कारागार निर्माण गर्न लागेको छ । उक्त कारागार निर्माण भएपछि पाँच हजार कैदीबन्दी राख्न सकिन्छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending