Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

निर्मला हत्या प्रकरण: प्रधानमन्त्री भन्छन्, 'अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ'

काठमाडौँ । निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा १२ वर्षअघिका अपराधमा संलग्नहरू अहिले पत्ता लागिरहेको प्रसंग जोड्दै पन्त प्रकरणमा पनि त्यस्तै हुन सक्ने बताएका हुन्। कञ्चनपुरकी १३ वर्षीया पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। अनुसन्धानका लागि सरकारले थुप्रै तहमा टोली खटाए पनि परिणाम निस्कन सकेको छैन। ‘कसैको संलग्नता ढाकछोप गर्ने प्रयासस्वरूप अपराधी पत्ता लगाउन अलमलिएको हुन सक्छ तर सबै ठाउँमा पत्ता नलागेको छैन,’ प्रधानमन्त्री ओलीले निर्मलाको बलात्कार र हत्या प्रकरणबारे सोधिएको प्रश्नमा भनेका छन्, ‘अपराधी पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ। १२ वर्षअगाडिका अपराध अहिले पत्ता लागिरहेका छन्। यस्ता घटना पत्ता लाग्न कहिले–कहिले १२ वर्ष पनि लाग्दो रहेछ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending