Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

बेपत्ता भएका इन्टर्पोलका अध्यक्ष के चीनमा पक्राउ परेका हुन् ?

अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएपछि फ्रान्समा अनुसन्धान सुरु गरिएको छ। इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। तर उनी फ्रान्सबाट नहराएको फ्रान्सेली अनुसन्धान टोलीसँग नजिक रहेको एउटा स्रोतले समाचार संस्था एएफपीलाई बताएको छ। साउथ चाइना मर्निङ पोस्टले नाम उल्लेख नगरिएको स्रोतलाई उद्धृत गर्दै मेङलाई सोधपुछ गर्न लगिएको जनाएको छ। तर सो पत्रिकाका अनुसार के कारणले अनुशासन अधिकारीहरूले उनलाई लगेका हुन् भन्ने चाहिँ स्पष्ट भएको छैन। चौसट्ठी वर्षीय मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी पनि हुन्। मेङ बेपत्ता भएको भन्दै उनकी पत्नी प्रहरीको सहयोग लिन पुगेपछि अनुसन्धान थालिएको हो। चिनियाँ पक्षले यसबारे केही बोलेको छैन। इन्टर्पोल के भन्छ ? मेङ बेपत्ता भएको भन्ने कुराबारे जानकारी रहेको इन्टर्पोलले एउटा विज्ञप्तिमा भनेको समाचार संस्था रोएटर्सले जनाएको छ। \'यो दुवै फ्रान्स र चीनका सम्बन्धित निकायको चासोको विषय हो,\'उसले भनेको छ। एक सय बयानब्बे सदस्य रहेको सो सङ्गठनको दैनिक सञ्चालन गर्ने जिम्मेवारी अध्यक्षको नभएर महासचिवको भएको इन्टर्पोलले जनाएको छ। अध्यक्षका रूपमा मेङले कार्यकारी समितिको नेतृत्व गर्छन्। सो समितिले इन्टर्पोललाई परामर्श र निर्देशन दिन्छ। सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वाचित हुनुभन्दा अघि उनी चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका उपमन्त्री थिए। उनी इन्टर्पोलमा निर्वाचित भएपछि मानवाधिकारवादी समूहहरूले भिन्न राजनीतिक मत राखेर चीन छोडेकाहरूलाई उनीमार्फत् खोज्न चीनलाई सहयोग पुग्न सक्ने भन्दै टिप्पणी गरेका थिए। तर मेङले संसारभरि प्रहरीलाई बलियो बनाउन काम गर्ने बताएका थिए। उनीसँग आपराधिक न्याय, लागुऔषध, प्रतिआतङ्कवाद र सीमा सुरक्षाबारे ४० वर्ष लामो अनुभव भएको इन्टर्पोलले बताएको छ। खोजी गरिएको व्यक्तिका लागि इन्टर्पोलले संसारभरि रेडकर्नर नोटिस जारी गर्न सक्छ। तर उसले कसैलाई पक्राउ गर्न प्रहरी खटाउन वा पक्राउपुर्जी जारी गर्न सक्दैन।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE