Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

के हो हाइपोमेनिया ?

काठमाडाैं । हाइपोमेनिया मुड, मन र व्यवहार अस्थिर हुने एक किसिमको मानसिक रोग हो । अर्थात् मेनिया र हाइपोमेनिया बाइपोलर डिसअर्डरका चरण हुन् । हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ र बढी बोलिरहनुपर्ने हुन्छ । यसमा मुख्यतः व्यक्ति कुनै पनि विषयमा प्रभावित भइहाल्ने हुन्छन् । अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ - आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने, अपशब्द बोल्ने, सानो कुरामा बढी रिसाउने, मन चञ्चल रहने हुन्छ । सामान्यतः यो रोग लागेको ठम्याउन गाह्रो पर्दछ । तसर्थ, वेलैमा यो रोग पहिचान गर्न सकिँदैन र कतिपय मानिस वर्षौंसम्म पीडित भएर बाँच्न विवश हुन्छन् । मनोविद् डा. करुणा कुँवरका अनुसार सामान्यतया मानिसको मन खुसी हुने कुरामा खुसी र दुःखी हुने कुरामा दुःखी हुनुपर्ने हो, तर चाहिनेभन्दा अत्यधिक खुसी वा दुःखी हुन थाल्नु हाइपोमेनियाको मुख्य लक्षण हो । लक्षण घमण्डी बन्ने, बढी फुर्ती लगाएर कुरा गर्ने । मिठो खानेकुरा र राम्रो लगाउन माग गर्ने । असम्भव कुरालाई पनि गर्न सक्छु भन्ने । यौनमा बढी रुचि राख्ने । राति १–२ घन्टा सुते पनि निद्रा पुग्ने नचाहिने कुरामा पनि पैसा खर्च गर्ने । बढी आत्मविश्वासी हुने । छटपटी हुने अर्थात् एउटा काम नसक्दै अर्को काममा मन जाने । यसका असर हाइपोमेनियाका समस्या सुरुसुरुमा कम मात्रामा देखिन्छ र पहिचान गर्न सकिँदैन । जुन मेनियाका लक्षणहरू हुन् । कतिपय अवस्थामा मेनिया आफैँ पनि निको हुन्छ । तर, एकपटक मेनिया भएको बिरामीमा अर्कोपटक रोग दोहोरिने समस्या ८० प्रतिशत रहन्छ । यसरी दोहोरिएको अवस्थालाई बायोपोलार एफेक्टिभ डिसअर्डर भनिन्छ । कहिले मेनियामा डिप्रेसिभ सिस्टम देखिन्छ । यो कहिले ६ महिनामा त कहिले ३–४ वर्षमा दोहोरिने गर्दछ । सामान्यतया मानिसमा हाइपोमेनिया १४ देखि १९ वर्षमा सुरु हुन्छ र ४० वर्षपछि कम हुँदै जान्छ । नेपालमा यस्तो रोगका बारेमा खासै तथ्यांक संकलन नभएकाले कतिजना यो रोगबाट पीडित छन् भन्ने यकिन तथ्यांक छैन । तर, मानसिक स्वास्थ्य विभागका अनुसार नेपालमा हाइपोमेनियाका करिब डेढ लाख बिरामी छन् । पैसा बाँड्ने, कुरा बढाइचढाइ बोल्ने, राति थोरै समय मात्र सुत्ने, गीत गाउने, रातो–पहेँलो रंगीन लुगा लगाउन रुचाउने र यौन उत्तेजना बढी देखिने हुनाले विशेषगरी दम्पतीहरू यस रोगबाट बढी पीडित हुने गर्दछन् । हाइपोमेनियाका कारण दम्पतीबीचमा चर्को विवादको स्थिति पैदा हुन्छ । सामान्यतया हाइपोमेनिया किशोरावस्थामा देखा पर्ने भएकाले आमाबाबु वा आफन्तले अटेरी भएको संज्ञा दिने, व्यवहार परिवर्तन गर्न मात्र दबाब दिने र बिरामीलाई मानसिक दबाब पर्ने भएकाले यो समस्या बढी बल्झिने हुन्छ । किशोरहरूमा ड्रग्सको प्रयोगले यस्तो भएको हो कि भन्ने गलत बुझाइका कारण यस रोगबारे गलत धारणा बन्छ । परिवारमा हुने मानसिक दबाब र अस्पतालमा ल्याइसकेपछि पनि हाइपोमेनिया भएकोबारे सजिलै नपत्याउने भएकाले उपचारमा ढिलाइ हुने गर्दछ । आफूलाई हाइपोमेनिया भएको बिरामी आफैँले नमान्ने, जिद्दी गर्ने भएकाले घरपरिवारसँगको सम्बन्ध बिग्रिँदै जाने र मानसिक दबाबका कारण बिरामीलाई बायोपोलार डिसअर्डर हुुने अधिक सम्भावना रहन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy