आश्विन २७ गते, २०७५ शनिवार 13th October, 2018 Sat०७:०२:२० मा प्रकाशित
काठमाडाैं । सिन्धुली, नुवाकोट र मोरङमा शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटनामा सातजनाको मृत्यु भएको छ । ५८ जना घाइते भएका छन् । सिन्धुली र नुवाकोटमा तीन–तीन तथा मोरङमा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको हो ।
अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - सिन्धुलीबाट नयाँ पत्रिकाकर्मी विदुर पौडेलले पठाएको समाचारअनुसार सुनकोसी गाउँपालिका–५ रिठ्ठेभिरमा शुक्रबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–८ सिन्धुपाल्चोकका रवि भण्डारी, मरिण गाउँपालिका–७ का बसचालक राजकुमार लामा र उनका भाइ अमित लामा रहेको प्रहरीले जनाएको छ ।
भण्डारीको घटनास्थलमै र लामाद्वयको उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए । सिन्धुलीको मरिणबाट काठमाडौं जाँदै गरेको ना६ख ९१२ नम्बरको वासुकी यातायातको बस बिपी राजमार्गअन्तर्गत पर्ने रिठ्ठेभिरबाट सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।
घटनामा तीनजना घाइते भएका छन् । घाइते हुनेमा गोरखा पाल्सी बजारका हरि दाहाल, सिन्धुली पाल्चोक बलेफु–८ का रोहित पराजुली र रामेछाप खाडादेवी गाउँपालिका–५ का दीर्घ मोक्तान छन् । बसमा ८ जना यात्रु मात्र रहेकाले ठूलो दुर्घटना भए पनि मानवीय क्षति कम भएको प्रहरीको भनाइ छ ।
७ वर्षअघि आजकै दिन रिठ्ठेभिरनजिकै बस दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको थियो ।
नुवाकोटबाट नवदीप अजनबीले पठाएको समाचारअनुसार नुवाकोटमा शुक्रबार भएको दुर्घटनामा तीनजनाको ज्यान गएको छ । समुद्रटारबाट सदरमुकाम विदुरतर्फ आउँदै गरेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटना भएको हो । ५५ जना घाइते भएका छन् ।
बा१ख ६३५६ नम्बरको यात्रुवाहक बस समुद्रटार–त्रिशूली सडक खण्डको सूर्यगढी गाउँपालिका–५ छेडीखोलामा दुर्घटना भएको हो । पञ्चकन्या गाउँपालिका थप्रेककी ३२ वर्षीया मीनु तामाङ, पञ्चकन्या गाउँपालिका–४ का ५९ वर्षीय भगवान कँडेल र चितवन मुग्लिनका ५७ वर्षीय बलराम तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङ र तिवारीको घटनास्थलमै तथा कँडेलको राजधानीको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
बस सडकदेखि करिब ७५ मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । घाइतेहरूको उद्धार गरी २९ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरूको ग्रिनसिटी र ग्रान्डी अस्पतालमा उपचार भइरहेकोछ । घाइतेमध्ये गम्भीर अवस्थाका ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । २१ जना सामान्य घाइते त्रिशूली अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
मोरङबाट नयाँ पत्रिकाकर्मी उत्तम पोखरेलले जनाएअनुसार बेलबारीनजिकै रहेको बेतना सिमसारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बिहीबार साँझ ६ः४५ बजे पूर्वबाट पश्चिम आउँदै गरेको ना५ख १९२० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको को१२प ९६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बेलबारी ११ बस्ने वर्णबहादुर राई र सोही वडा बस्ने मनकुमार राईको मृत्यु भएको अस्थायी ट्राफिक पोस्ट बेलबारीका प्रमुख लीला श्रेष्ठले जानकारी दिए । दुवैजनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख श्रेष्ठले बताए । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार भएका छन् ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: