Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

जोखिममा राउटे बालबालिका

दैलेख। गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीया राउटे प्रकाश शाहीको श्रीमती सुत्केरी भइन् । सत्र वर्षीया श्रीमती मिहिन शाहीबाट जुम्ल्याहा छोरी जन्मिए । दुई जनाको परिवारमा दुई छोरी जन्मिएपछि उनीहरूको खुशीको सीमा नै रहेन । त्यतिबेला सुत्केरी श्रीमतीलाई पोषिलो खानाका रुपमा भात खुवाउन प्रकाश ओखलमा धान कुट्न व्यस्त देखिन्थे । असोज पहिलो साता उनीहरु गर्चामा रहेको पातलेखोला किनार छोडेर बसाइँ सरी गुराँस गाउँपालिका–८ कै पाखापानी उक्लिए । गर्चामा बसोबास गर्दा प्रकाशको परिवारमा देखिएको खुशी एक महिना पनि टिक्न सकेन । त्यसको कारण थियो जन्मिएका जुम्ल्याहा दुबै छोरीको मृत्यु। । घुम्दै–फिर्दै हिँड्ने राउटे अहिले सुर्खेतको लेकबेशी नगरपालिका–९ पुगेका छन् । फिरन्ते जीवन अपनाउने यो समुदाय अलग–अलग छाप्रामा बस्छन् । त्रिपाल र पातपतिङ्गरले छाएको बस्तीको बीचैमा एउटा छाप्रो छ । अन्य छाप्रामा जस्तो त्यहाँ कुनै चहलपहल देखिन्न । त्यही छाप्रोमा प्रकाशका दम्पति आगन्तुकतर्फ टुलुटुलु हेरिरहेका हुन्छन् । भर्खरै जन्मिएका दुई सन्तान गुमाएको पीडा उनीहरुको अनुहारमा प्रस्टै देखिन्छ । राउटे जातिका बालबालिकाको अवस्था दयनीय छ । सरसफाइमा ख्याल नगर्नु, साना बालबालिकाले न्यानो कपडा नलगाउनु, पोषणयुक्त खानपिनमा कमी, स्याहारसुसारमा कमीजस्ता कारणले पछिल्लो तीन महीनामा तीन बालबालिकाको ज्यान गइसकेको छ । मृत्युको क्रम बढेसँगै राउटेको जनसङ्ख्या घट्दै गइरहेको छ । गत साउनमा १५१ रहेका राउटे घटेर अहिले १४८ मा झरेको छ । दैलेखमा बस्दा दुई बालिकाले ज्यान गुमाएपछि सुर्खेतको लेकबेशी नगरपालिकामा बसाइँ सरेका राउटे समुदायमा फेरि चार वर्षीया बालिकाले ज्यान गयो । राउटे चन्द्रमानजित शाहीका चार वर्षीया छोरी टोपी शाहीको लगातार खोकी लागेर ग्रस्त हुँदै अकालमै ज्यान गयो । यी तीनै बालबालिका मात्र नभई अहिले उक्त समुदायका अन्य बालबालिका पनि बिरामी छन् । बर्सात्को समयमा दैलेखमा चिसोमा रहेका राउटे समुदाय एक्कासि सुर्खेतमा पुगेका कारण मौसम परिवर्तनले बालबालिकामा समस्या उत्पन्न भएको राउटे परियोजनामा खटिएका अहेव विनोदकुमार बिसीले बताए । सरसफाइमा ध्यान नदिनु, साना बालबालिकाले न्यानो कपडा नलगाउनु, खानपिनमा ध्यान नदिनु, बालबालिकालाई स्याहारसुसारमा कमीलगायत कारण बालबालिका जोखिममा परेको उनको भनाइ थियो । बिसीका अनुसार उक्त समुदायका धेरैजसो बालबालिका र वृद्धवृद्धाले औषधि खान मान्दैनन् । राउटे समुदायका बालबालिका मात्रै होइन वृद्धवृद्धा पनि जोखिममा छन् । समुदायका ६० वर्षीय कान्छाराम शाही एक सातादेखि बिरामीले थलिएका छन् । आफूलाई जङ्गलका राजा भनेर चिनाउने राउटे समुदायमा चर्को घाम र पानी छल्न बनाइएका टहरा, आधा शरीर ढाक्ने एकसरो कपडा । नवजात शिशुका लागि घाँसको ओछ्यान, बेवारिसे सुत्केरी महिलाको दृश्य देख्दा उक्त समुदायका बालबालिका र वृद्धवृद्धा जोखिममा रहेको अनुमान गर्न सकिन्छ । बालविवाह र असुरक्षित सुत्केरीका कारण बालबालिका मात्र नभई समुदायका महिला पनि जोखिममा पर्ने गरेका छन् । सोही कारण राउटेको जनसङ्ख्या बर्षेनी घट्दो छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending