Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु

बेत्रावती । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा सूर्यमतीबाट चतुराले हुँदै थानसिंहसम्मको खम्बा नं २४.१ देखि २९ नं सम्म ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई)ले तार तान्न थालेको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी प्रसारणलाइनमा खम्बा गाड्ने काम अन्तिम चरणमा पुगेपछि विद्युतीय तार जडान गर्न लागिएको हो । उक्त प्रसारणलाइनमा पर्ने १४० खम्बामध्ये अधिकांश खम्बा निर्माण भइसकेका र बाँकी खम्बा पनि तयार भइ ठड्याउन मात्र बाँकी रहेकोे उक्त आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिनुए । उहाँका अनुसार प्रसारणलाइनमा कठिन मानिएका खम्बा निर्माण भइसकेकाले प्रसारणलाइन विस्तार गर्न थालिएको हो । “प्रसारणलाइन निर्माणमा स्थानीयवासीको अबरोध, मुआब्जा निर्धारणमा ढिलाइ र सामुदायिक वनक्षेत्र उपभोगमा आइपरेका कठिनाइ समाधान भएसँगै तोकिएकै मितिमा प्रसारणलाइन पूरा हुने निश्चित भएको छ ।” उहाँले भन्नुभयो, “त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्नका लागि विद्युत् प्रसारणलाइन निर्माणको काम तोकिएको समयमा पूरा गर्नुपर्ने बाध्यता भएकाले ठेकेदारलाई काम छिटो गर्न दबाब दिइरहेका छौँ ।” प्रसारणलाइन निर्माणको काम आगामी पुस १५ गतेभित्र सक्नुपर्ने जिम्मेवारी ठेकेदार कम्पनी सिडब्लुइलाई दिइसकिएको छ । उक्त मितिमा काम सम्पन्न गर्न निर्माणको हालको प्रगति सन्तोषजनक छ । उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरी ९ तारिख (विसं २०७५ माघ २६) मा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादनको योजना बनाइएकाले सो अवधि अगावै त्रिशूली–काठमाडौँ प्रसारणलाइन पूरा गर्नुपर्ने भएको छ । नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत् त्रिशूली–काठमाडौँ प्रसारणलाइनको एकै केन्द्रमार्फत केन्द्रीय प्रसारणलाइनसम्म जोड्न ४५ किमी प्रसारणलाइन निर्माण कार्यलाई महत्वको रूपमा लिइएको छ । प्रसारणलाइन निर्माणमा यही आयोजनाअन्तर्गत नेपालमा पहिलो पटक काठमाडौँको मातातिर्थदेखि केन्द्रीय प्रसारणलाइनको स्टेशनसम्म एक किमी दूरीको विद्युतीय तार विस्तारको काम भने भूमिगत गर्न लागिएको छ । प्रसारणलाइनमार्फत नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ए, थ्री बीमध्ये त्रिशूली गङ्गा–गल्छी–त्रिशूलीसहित सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारणलाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ । उक्त प्रसारणलाइन निर्माणका लागि रु दुई अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान छ । पाँच दिन विद्युत् अवरुद्ध हुने मङ्गलबारदेखि शुरु गर्न लागिएको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको विद्युतीय तार विस्तारको काम सहज बनाउन नुवाकोटको विभिन्न स्थानमा पाँच दिन दिनभर विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण शाखाका अनुसार त्रिशूली–काठमाडौँ प्रसारणलाइनको विद्युतीय तार विस्तारका लागि आगामी आइतबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा पूर्ण रूपमा बन्द गर्न लागिएको हो । वितरण शाखाले जारी गरेको सूचनाअनुसार देवीघाट जलविद्युत् केन्द्रमार्फत वितरण हुँदै आएको फिडर नं ३ अन्तर्गत पर्ने विदुर नगरपालिका वडा नं २ शेरादेखि चतुराले, मदानपुर, ककनी हुँदै ओखरपौवासम्मका एक हजारभन्दा बढी ग्राहकले उपभोग गर्ने विद्युत् सेवा पाँच दिन दैनिक नौ घण्टा बन्द हुनेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy