काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) मा स्तरोन्नति गरिने बताएका छन्।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले कर्णाली क्षेत्रको सडक तथा पुल निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
उनका अनुसार हाल सञ्चालनमा रहेका एक लेनका सडकलाई आगामी तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ। यसका लागि चालु आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तथा लागत अनुमान तयार गरी निर्माण प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
‘हाल कायम रहेका एक लेनका सडकहरूलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ। यसै आर्थिक वर्षमा डीपीआर र लागत अनुमान तयार गरी काम सुरु गरिनेछ,’ मन्त्री लम्सालले भने।
निर्माणाधीन सडक खण्डअन्तर्गत करिब नौवटा पुललाई ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट निर्माण गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए। स्थलगत अध्ययनपछि आवश्यकताका आधारमा थप पुल निर्माण गरिने उनको भनाइ छ।
सडक र पुलको वास्तविक अवस्था बुझ्न तथा देखिएका समस्या समाधानका लागि आफू आगामी साउन ३ गते स्थलगत निरीक्षणमा जाने मन्त्री लम्सालले जानकारी दिए।
कर्णालीका विभिन्न क्षेत्रमा देखिएको पहिरो समस्याको दीर्घकालीन समाधानका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको उनले बताए। आगामी तीन वर्षभित्र पहिरोको समस्या समाधान गर्ने लक्ष्यसहित काम भइरहेको उनको भनाइ छ।
‘पहिचान भएका पहिरोहरूको दीर्घकालीन समाधानका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ। आगामी तीन वर्षभित्र पहिरोको समस्या अन्त्य गर्ने गरी काम भइरहेको छ,’ उनले भने।
मुगु लगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका स्थानीय तहका केन्द्रसम्म सुरक्षित सडक पुर्याउन पर्याप्त बजेट विनियोजन गरिएको मन्त्री लम्सालले बताए। ती योजनाका लागि चालु आर्थिक वर्षमै टेण्डर प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
सडक दुर्घटना न्यूनीकरणका लागि सडकको स्तरोन्नति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना अघि सारेको बताए।
यसैगरी, उत्तरी सीमा अर्थात् चीनसँग जोडिएका क्षेत्रसम्म सडक सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले प्राथमिकतामा राखेको उनले बताए। पर्यटकीय तथा रणनीतिक महत्व बोकेको उक्त सडक सञ्जाललाई सीमासम्मै पुर्याउने गरी काम अघि बढाइने मन्त्री लम्सालले राष्ट्रिय सभालाई जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १४:२१
जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...
आषाढ़ २३ गते, २०८३ - १३:५९
काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...
आषाढ़ २३ गते, २०८३ - १३:४४
झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...
आषाढ़ २३ गते, २०८३ - १३:३६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...
आषाढ़ २३ गते, २०८३ - १२:५६
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...
आषाढ़ २३ गते, २०८३ - १२:४५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् म...
आषाढ़ २३ गते, २०८३ - १२:३६
पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...
आषाढ़ २३ गते, २०८३ - १२:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...
आषाढ़ २३ गते, २०८३ - ११:५९
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...
आषाढ़ २३ गते, २०८३ - ११:४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अ...



प्रतिकृया लेख्नुहोस्: