Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सीमाले रोक्दैन् सिर्जनालाई

बागलुङ । विदेशमा बसेरपनि नेपालीले आफूमा भएका सिर्जनाहरुलाई बेलाबखत प्रस्फुटित गर्दै आएका छन् । गीतकार नवराज पन्त अमेरिकामा बस्नुहुन्छ । उहाँको पछिल्लो रचना ‘सालको पात टपरी हुनी’ को चर्चा नेपालमा छ । सार्वजनिक भएको महीना दिन पुग्दा युट्युबमा १७ लाख पटक हेरिएको छ । कलाको सीमा हुँदैन । भूगोलले सिर्जनाकर्म रोक्दैन् । विसं २०६८ मा ‘डाँडै फुर्के सल्लो’ गीत सार्वजनिक हुँदा लोकसङ्गीत प्रेमीले श्रद्धापूर्वक पन्तको पनि नाम लिए । उनले गाउदिनन्, सङ्गीत दिनदनन् । तर, शब्दले गीतमा प्राण भर्छिन् । पन्तको मूल सिर्जनाकर्म गीत रचना हो । “भौतिक रूपमा अमेरिकामा बसेपनि मेरो मन र भावना नेपालमै छ”, पन्तले रासससँग भनिन् । सङ्गीतप्रति सानैदेखिको प्रेम र समर्पणले उहाँलाई गीत रचनातर्फ धकेल्यो । रोजगारीको सिलसिलामा चार वर्षअघि अमेरिका पुगेकीका पन्तले त्यहाँ पनि गीत लेखनलाई निरन्तरता दिर्इन् । सङ्गीतकार बसन्त थापाले आफू बेलायत भ्रमणमा हुँदा नयाँ गीत मागेपछि पन्तले ‘सालको पात...’ लेखिन् । “कम्पनीमा काम गर्दै थिएँ, एक्कासी गीत फु¥यो”, पन्तले सम्झिनुभयो, “कागजको चिर्पेटोमा शब्द उतारेँ ।” मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव उहाँको गीतको रचनागर्भ हो । गीतमा गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीको स्वर छ । सात वर्षअघिको लोकदोहारी गीत ‘डाँडै फुर्के सल्लो’ पनि यिनै चार कलाकारको उपज हो । बागलुङ नगरपालिका–१२ अमलाचौरका पन्तले अमेरिकामै बसेर हालसम्म दर्जन बढी गीत रचना गर्नुभएको छ । गायक/सङ्गीतकार रामकृष्णबम मल्ल जापान पुगेको दश वर्ष भयो । उद्देश्य रोजगारी भए पनि सङ्गीतकर्ममा पनि उहाँको उत्तिकै लगाव छ । नेपालमै सङ्गीतको ज्ञान र अनुभव लिएर विदेशिनु भएका मल्लको जापान पनि सिर्जनाको थलो भएको छ । “म यहाँ आएर पनि थुप्रै गीत रचना गरेँ, गाएँ” मल्लले भन्नुभयो, “सङ्गीत साधनाबाट टाढा छैन ।” लोक र आधुनिक शैलीका गीतमा सङ्गीत भर्ने र गाउने मल्लले ‘मायाको बारीमा’, ‘बस प्यारी’, ‘गलकोट सम्झिएँ’ लगायतका गीत जापानमै बसेर रचना गरिन् । जापानमा बसेर गीत लेखीरहेका छ जना गीतकारको संयुक्त आधुनिक गीत सङ्ग्रह ‘सहयात्रा’ मा समेत मल्लको एकल सङ्गीत छ । बागलुङको गलकोट नगरपालिका–५ हरिचौरका मल्लको गत महीना जापानमा ‘रामकृष्णबम मल्ल एकल साँझ’ पनि आयोजना गरियो । ‘कलाकार कल्याणकारी कोष’ का लागि टिकटमा उक्त कार्यक्रम राखिएको थियो । “एक वर्षको तयारी गरेर कार्यक्रम ग¥यौँ” मल्लले भन्नुभयो, “सम्भवत जापानमै पहिलोपटक त्यस किसिमको कार्यक्रम भयो ।” प्रत्यक्ष सङ्गीतमा भएको कार्यक्रममा मल्ललाई जापानी बाद्यवादकले समेत सघाएका थिए । “कार्यक्रमले राम्रो सन्देश दियो, विदेशी भूमिमा पनि ठूलो व्यवस्थापनसहित कार्यक्रम गर्न सफल भयौँ”, मल्लले भने । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका सूर्य खड्का १० वर्षदेखि जापानमा हुनुहुन्छ । यसबीचमा उहाँले ८० भन्दा बढी लोक तथा दोहोरी गीत गाउनुभएको छ । उहाँका ‘चार बजेको आलाराम’, ‘घडी’, ‘रित्तो काख’ लगायतका गीत चर्चामा छन् । उहाँले अधिकांश गीतको रकर्डिङसमेत जापानमै गर्दै आउनुभएको छ । “नेपालबाट सङ्गीतको एरेन्ज मगाउँछु, स्वर यहीँको स्टुडियोमा रेर्कड गर्छु”, उनले भनिन् । खड्का जापानमा हुने नेपाली साङ्गीतिक कार्यक्रममा व्यस्त हुने गायक मध्येमा पर्नुहुन्छ । उनले कतिपय गीत विदामा नेपाल आउँदा यतै सार्वजनिक गर्नुभएको छ । “अहिले त युट्युबको जमाना छ”, उहाँले भन्नुभयो, “मेरा पछिल्ला गीत युट्युबबाटै सार्वजनिक भइरहेका छन् ।” देशमा रहँदा सङ्गीतको प्यास र प्रेम बोकेर हिँड्ने प्रवासी नेपालीहरु कुनै न कुनै रुपमा सङ्गीतकर्मसँग निकट छन् । सानैदेखिको रुचीलाई सर्जक तेजेन्द्र भण्डारीले जापानमै पुगेर साकार रूप दिन सफल हुनुभएको छ । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका भण्डारीले हालै आधुनिक गीत ‘प्रहर’ युट्युबमा सार्वजनिक गर्नुभएको छ । “जापानमै बसेर गीत लेखेँ पछि, बिदामा नेपाल जाँदा गीत रेकर्ड भयो”, उनले भनिन् । भण्डारीको गीतमा सङ्गीतकार श्रीकृष्णबम मल्लको सङ्गीत र गायक राज सिग्देलको स्वर छ । लाख बढी रकम खर्चेर उनले गीतको (भिडियो) चल दृश्यसमेत बनाएकाे छ । अग्रजको प्रेरणा र सङ्गीतप्रतिको लगावले आफूलाई सिर्जनाकर्ममा डो¥याएको भण्डारीको भनाइ छ । “व्यावसायिक रूपमा लाग्न नसकेपनि सङ्गीतमा काम गर्ने हुटहुटी छ”, भण्डारीले भने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy