Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

व्यास नगरपालिकाद्वारा पर्यटन प्रबद्र्धन समिति गठन

दमौली । व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको पहिचान एवं प्रबद्र्धनका लागि पर्यटन प्रबद्र्धन समिति गठन गरेको छ । नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले व्यास नगरपालिका–२ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा सो समिति गठन गरेको हो । समितिको सदस्यहरूमा इञ्जिनीयर धु्रव पण्डित, सन्तोष श्रेष्ठ, केबी थापा, सुशीला शर्मा, आशा दरै रहनुभएको छ भने समितिको विशेषज्ञ सल्लाहकारमा तनहँु पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ तथा सदस्य–सचिवमा नगरपालिकाका शाखा अधिकृत विमल गिरी चयन हुनुभएको छ । बैठकले नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा नगरस्तरीय समुदाय–प्रहरीपालिका समितिसमेत गठन गरेको छ । सो समितिको सहसंयोजकमा नगरपालिकाका उपप्रमुख मीरा जोशी र जिल्ला प्रहरी कार्यालयका जेष्ठ प्रहरी अधिकृत रहनुभएको छ भने सदस्यमा व्यास नगरपालिका–१० का अध्यक्ष तुलसीराम सापकोटा रहनुभएको छ ।बैठकले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत विविध कार्यक्रम कार्यान्वयनका लागि सिफारिस गरी पठाउने निर्णय गरेको अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । साथै विपद् व्यवस्थापनका लागि हरेक वडाबाट एक÷एक जना कर्मचारीसमेत सहभागी हुने गरी अग्नि नियन्त्रण टोली र नगर प्रहरी गरी २४ जनालाई तालीम प्रदान गर्ने, सामुदायिक विद्यालय एकीकरण प्रक्रियालाई अगाडि बढाउन आवश्यक गृहकार्यका लागि नगर शिक्षा समितिमार्फत सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्राकृतिक प्रकोपबाट१२ ले ज्यान गुमाए प्राकृतिक प्रकोपबाट तनहुँ जिल्लामा एक वर्षको अवधिमा १२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७४÷७५ मा बाढी÷अबिरल वर्षा, चट्याङ, हावाहुरी, आगलागीबाट १२ जनाको मृत्यु भएको हो । बाढी र अबिरल वर्षाका कारण छ जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । त्यस्तै चट्याङबाट दुई जनाले ज्यान गुमाएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए। हावाहुरी र असिनाबाट एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । त्यस्तै आगलागीबाट तीन जनाले ज्यान गुमाएका र तीन घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा आगलागीका कारण ८६ चौपायाको मृत्यु भएको र १४ चौपाया घाइते भएका थिए । प्राकृतिक प्रकोपका कारण ३३ घर र २३ गोठमा क्षति पुग्नुका साथै रु एक करोड पाँच लाख सात हजार बराबरको भौतिक संपति क्षति भएको प्रहरीले जनाएको छ । हावाहुरी र असिनाले ११ घरमा क्षति पुगेको आगलागीबाट २२ घर नष्ट भएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy