Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

कम उमेरमै बलात्कारको शिकार, आपराधिक घटनामा १६-२५ वर्षका बढी

काठमाडौँ। बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या यसैको एउटा उदाहरण हो । देशलाई नै तरङ्गीत पार्ने यस्ता घटना दैनिकजसो घटिरहेका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार जबर्जस्ती करणीका पीडित १८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत रहेका छन् । करणीमा १८ देखि २५ वर्षका १८ प्रतिशत र २६ देखि ३५ वर्षका १० प्रतिशत पीडित छन् । बलात्कारका घटनामा बढी बालिका पीडित भइरहँदा पीडक भने १६ देखि २५ वर्षका व्यक्तिको संलग्नता ४० प्रतिशत बढी छ । “तथ्याङ्कले १८ वर्ष कम उमेरका बढी जोखिममा रहेको पाइयो, त्यसैले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम पनि स्कुल केन्द्रित गर्न लागिएको हो”, महानिरीक्षक खनालले भने । आपराधिक घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले यही कात्तिक ११ गतेबाट उक्त कार्यक्रम देशैभरि लागू गर्ने तयारी गरेको छ । खनालले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईलगायत विभिन्न मन्त्रालयका सचिव र उपत्यकाको स्थानीय तहका प्रमुखलाई समेत उक्त विवरण प्रस्तुत गर्दै समुदायसँग मिलेर आपराधिक क्रियाकलाप रोक्न प्रहरी लागिपरेको जानकारी गराएका छन् । आव २०७४÷७५ मा जबर्जस्ती करणीका एक हजार ४८० मुद्दा दर्ता भएका छन् । जसमा १० वर्षमुनिका २६१ र ११ देखि १६ वर्षका ५५० जना जबर्जस्ती करणीबाट पीडित भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । अरु १० प्रतिशत १७ देखि १८ वर्षका छन् । करणी उद्योगतर्फ ७२७ मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणीमा १६ वर्षभन्दा कम उमेरका सात प्रतिशतको संलग्नता रहेको पाइएको छ । सबैभन्दा बढी १६ देखि २५ वर्षका ४० प्रतिशत बलात्कारमा संलग्न छन् । हत्यामा १६ देखि २५ वर्षका ३० प्रतिशत र मानव बेचबिखनमा २३ प्रतिशतको सहभागिता छ । लागुऔषधमा १८ वर्षभन्दा कम उमेरका नौ प्रतिशत र १९ देखि २५ वर्षका ४७ प्रतिशत संलग्न रहेको प्रहरीले जनाएको छ । कतिपय अझै पनि गुपचुपमै रहने गरेकाले पनि जघन्य अपराध बाहिर नआएको अधिवक्ता फूलमायाँ रानाभाट बताउछन् । आपराधिक घटनामा १६–२५ वर्षका बढी विभिन्न आपराधिक घटनामा १६ देखि २५ वर्षका व्यक्तिको सहभागिता ३८ प्रतिशत रहेको पाइएको छ । प्रहरीले उनीहरुलाई केन्द्रित गरेर साझेदारी अभियान शुरु गर्न लागेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बताउछन् । घटनामा २९ देखि ३५ वर्षका व्यक्तिको सहभागिता भने ३० प्रतिशत रहेको पाइएको छ । कुल अपराध पिडितमा १६ देखि २५ वर्षका २४ प्रतिशत, २६ देखि ३५ वर्षका २८ प्रतिशत र ३६ देखि ४५ वर्षका २२ प्रतिशत भेटिएका छन् । बलात्कार घटनामा १६–२५ वर्षका ४० प्रतिशतको संलग्नता छ । हत्याका घटनामा पीडितको अवस्था २६ देखि ३५ वर्षका २७ प्रतिशत रहेको प्रहरीले जनाएको छ । प्रहरीको दिएको तथ्याङ्कअनुसार गएको आवमा ३९ हजार ३१५ वटा विभिन्न आपराधिक घटना भएका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending