Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

पोखरा प्रिमीयर लिगमा बुटवल ब्लास्टर्सको लगातार दोस्रो जित

पोखरा । पोखरा प्रिमीयर लिग क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज पोखरा पल्टनलाई ३३ रनले हराउँदै बुटवलले लगातार दोस्रो जित निकालेको हो । योसँगै दुई खेलबाट ४ अंक बटुलेको बुटवल अंकतालिकको शीर्ष स्थानमा उक्लिएको छ । टस जितेर ब्याटिङ गरेको बुटवलले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतीमा १ सय ५० रन बनाएको थियो । बुटवलका भिम सार्कीले अर्धसतकिय पारि खेल्दै ५४ रन बनाउँदा रोहन मुस्तफाले ४५ रन जोडे । पोखराका मोहम्मद नाविदले ३ विकेट लिए । जवाफी ब्याटिङ गरेको पोखरा ९ विकेटको क्षतिमा १ सय १७ रनमै समेटियो । पहिलो खेलमा बुटवलले हिजो चितवन राईनोज र पोखराले उद्घाटन खेलमा विराटनगरलाई पराजित गरेको थियो । आजै भएको अर्को खेलमा एक्स्पर्ट धनगडीले विराटनगर टाईटान्सलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । जितका लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ दशमलव ४ ओभरमा १ सय ४ रन बनाउँदा अलआउट भयो । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको यो लगातार दोस्रो हार हो । दिपेन्द्र सिँह ऐरीको कप्तानीमा रहेको धनगढीले इग्ल्याण्डका खेलाडी पिटर ट्रेगोले ५३ र सौरभ खनालले ४१ रनको मद्दतमा १ सय ८२ रन जोडेको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies