Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

एक हप्तामा दुई जना अर्बपतिको उत्पादन गर्ने देश

स्वीट्जरल्याण्ड, ११ कात्तिक । चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ । चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

यसले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने मुलुकमध्ये अग्रणी राष्ट्र बन्न सफल भएको उक्त बैङ्कको ठहर छ । विश्वभरका दुई हजार १५८ धनाड्य व्यवसायीसँगको सम्पत्ती सन् २०१७ मा १९ प्रतिशतले बढी ८.९ ट्रिलियन पुगेको प्रतिवेदनमा जनाइएको छ । तर रिपोर्टमा यो पनि उल्लेख गरिएको छ कि स्थापित चिनियाँ धनाढ््यहरूलाई नबधनाढ्यहरूले पछि पार्ने गरेका छन् । सन् २०१७ मा १०६ जना नयाँ व्यक्तिले आफूलाई विश्वका धनाढ्य व्यवसायीको सूचीमा दर्ता गरेका थिए भने यस पहिले उक्त सूचीमा रहेका ५१ जना भने धनाढ्य व्यवासायीको सूचीबाट हटेका थिए ।

वितेको एक दशकमा चिनियाँ पूँजीपतिहरूले विश्वका केही ठूला तथा सफल कम्पनीहरूको स्थापना गर्न सफल भएका देखिएको छ, यूबिइस ग्लोबल म्यानेजमेन्टका प्रमुख जोसेफ स्टाडलरले भने ।  “तर यो मात्रै शुरुवात हो । चीनको विशाल जनसङ्ख्या, नयाँ प्रबिधिको आविस्कार र उत्पादकत्व वृद्धिका लागि चिनियाँ सरकारले गरेको सहयोगले चिनियाँ धनाढ्य व्यवसायीलाई आफ्नो व्यवसायको सफलताका लागि मात्र नभै यहाँका जनताको जीवनपद्धतिलाई अहिलेकोभन्दा राम्रो अवस्थामा पु¥याउने अभूतपूर्व मौका दिएको छ,” उनले थपे ।

यूबिएस तथा लेखा परीक्षकहरूको संस्था पिडब्लुसीले अमेरिकामा भन्दा एसियामा अहिल्य नै धेरै धनाढ्यहरू रहेका छन् । वर्तमान् प्रवृति कायम रहेमा उनीहरू धनी अमेरिकी व्यवसायीको तुलनामा आगामी तीन बर्षभित्र थप धनी बन्ने उक्त अध्ययन रिपोर्टमा उल्लेख छ ।  सन् २०१६ मा विश्वका धनी व्यक्तिहरूको सूचीमा १६ जना चिनियाँ रहेकोमा अहिले विश्वका हरेक पाँच धनी व्यवसायीमध्ये एक जना चिनियाँ रहेको बताउने गरिएको छ । बैङ्कले भनेको छ ९७ प्रतिशत चिनियाँहरू आफ्नै परिश्रमले आफुलाई धनी व्यक्तिहरूको सूचीमा पार्न सफल भएका छन् र अधिकांश प्रबिधि तथा फुटकर सामानहरूको बिक्रेता रहेका छन् ।

प्रतिवेदनमा अमेरिकी क्षेत्र अझै पनि धेरै धनाढ्य व्यक्ति भएको क्षेत्र हो तर सम्पत्ती वृद्धि गर्ने उनीहरूको चाल निकै कम रहेको भनिएको छ । पाँच बर्ष पहिले अमेरिकाले विश्वका ८७ जना धनी व्यक्तिहरू उत्पादन गर्न सफल भएकोमा गत बर्ष सो सङ्ख्या ५३ मा झरेको थियो । पश्चिम यूरोपमा सन् २०१७ मा ४१४ मा १७ थप गरी जम्मा ४३१ पुगेको थियो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy