Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

पीपीएलः काठमाडौंद्वारा पोखरासामु १०४ रनको लक्ष्य

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । १९.१ ओभरमा सबै विकेट गुमाउँदै काठमाडौंले १०३ रन मात्र बनाउन सक्यो । पोखराले यो खेल ठूलो अन्तरमा जितेमा फाइनलमा पुग्ने सम्भावना रहन्छ । अन्य सबैखाले विजयले पनि पोखरालाई शनिबारको दोस्रो खेलअघि अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याउँछ । टस हारेर व्याटिङमा आएको काठमाडौं रोयल्स सुरुवातदेखिनै दबिएर खेलेको थियो र अन्तिमसम्म टोलीको इनिङ्स उक्सिन सकेन । टोलीका दुइ विदेशी खेलाडी जयकिष्नन् कोल्सावाला र गौरव तोमार शुन्यमै आउट भएपछि काठमाडौंलाई सुरुमै झट्का लागेको थियो । कप्ता ज्ञानेन्द्र मल्लले २८ बलमा ३१ रन प्रहार गर्ने क्रममा ३ चौका र १ छक्का प्रहार गरे । अमित श्रेष्ठ २१, पवन सर्राफ १२, नरेश बुढाऐर ६, आदिल खान ७, अमरसिंह रौटेला १ तथा सुशन भारी र नन्दन यादव शुन्यमा आउट भए । बसन्त रेग्मी १२ बलमा १ चौका र २ छक्का प्रहार गरी १९ रनमा अविजित रहे । पोखराका ललित राजवंशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नाविद र रसिद खानले २र२ तथा विक्रम भुसालले १ विकेट लिए । व्याट्सम्यानले हिर्काएको बलले खुट्टामा लागेपछि अम्पाएर बुद्धिबहादुर प्रधान घाइते भएका छन् । उनको स्थान रिजर्भ अम्पाएर सञ्जय सिग्देलले लिएका छन् । काठमाडौंलाई फाइनलमा पुग्न यो खेल जित्नुपर्ने अवस्था छ। पोखरालाई शीर्ष तीनमा पर्न पनि यो खेल जित्नै पर्छ। पोखरा पारजित भएमा राउन्ड रोबिनबाटै बाहिरिने छ। पोखराले ४ खेल खेली २ मा विजय हात पारेको छ भने काठमाडौंले ४ मध्ये ३ खेलमा जित हात पारेको छ। काठमाडौं अंक तालिकाको शीर्षस्थानमा रहेको छ। आज दुवै खेलले मात्रै दोस्रो चरणको समीकरण तयार हुनेछ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies