Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

बुटवल–नारायणगढ सडक: दाउन्ने खण्डमा त्रुटि सुधार प्रयास तीव्र

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भीर प्राविधिक त्रुटि फेला परेपछि सुधारका लागि थप पहल थालिएको छ। आगामी २०८३ साल साउन ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम समयसीमा नजिकिँदै गर्दा आयोजना कार्यालय र निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले समस्या समाधानका लागि काम अघि बढाएका हुन्।

निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा कतिपय सडक खण्डमा तल्लो संरचना कमजोर भई दलदल बन्ने समस्या देखिएको छ। कालोपत्रे गरिएको सडकमा सवारी साधन उफ्रिने (जम्पिङ) समस्या बढेको छ, जसले दुर्घटनाको जोखिम समेत बढाएको छ। भौगोलिक जटिलता र प्राविधिक त्रुटिका कारण कतिपय स्थानमा प्रारम्भिक डिजाइन नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ।

ठुलो रकम भुक्तानी भइसके पनि सडकको अवस्था सन्तोषजनक नभएको भन्दै स्थानीयस्तरमा आलोचना भइरहेका बेला आयोजनाले काम सुधार्न दबाब बढाएको हो।

आयोजना कार्यालय ९पश्चिम खण्ड० का प्रमुख पशुपति ज्ञवालीले सडकमा देखिएका प्राविधिक समस्या समाधान गर्दै कामको गुणस्तर सुधार्न निर्माण कम्पनीसँग निरन्तर छलफल भइरहेको जानकारी दिए।

दाउन्ने र आसपासको क्षेत्र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) अन्तर्गत निर्वाचन क्षेत्र नं. १ मा पर्दछ। यस क्षेत्रका संघीय सांसद विक्रम खनालले सडकमा देखिएका सबै खाले त्रुटि तत्काल सुधार गरेर मात्र बाँकी काम अघि बढाउनुपर्नेमा जोड दिएको छन्।

आयोजना कार्यालयका अनुसार यो सडक खण्ड कुल ८ अर्ब ३१ करोड रुपियाँ लागतमा निर्माण सम्पन्न हुने सम्झौता छ। हालसम्म निर्माण कम्पनीले करिब ७ अर्ब ४३ करोड रुपियाँ (कुल बजेटको करिब ८९.४ प्रतिशत) भुक्तानी लिइसकेको छ।

आगामी साउन ५ गते निर्माण सम्पन्न गर्ने म्याद तोकिएको छ। यद्यपि म्याद सकिएपछि पनि निर्माण कम्पनी आफ्नो जिम्मेवारीबाट पूर्ण रूपमा मुक्त हुने छैन। सम्झौताअनुसार काम सम्पन्न भएको पहिलो वर्ष सडकमा आउने खराबीको नि:शुल्क मर्मत कम्पनीले गर्नुपर्नेछ। त्यसपछि थप पाँच वर्षसम्म आफ्नै लागत र जिम्मेवारीमा मर्मत–सम्भार गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

प्राविधिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिएको यो व्यापारिक मार्गको दाउन्ने खण्डलाई सुरक्षित र गुणस्तरीय बनाउन अहिले सुधारको काम तीव्र पारिएको आयोजनाले जनाएको छ। दाउन्ने पश्चिमदेखि बुटवलसम्मको करिब ४८ किलोमिटर खण्डमा निर्माण कार्य भइरहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...

सरकारी हुलाक सेवा आधुनिक बन्दै, राहदानीदेखि लाइसेन्ससम्म घरमै पुग्ने

काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा...

रास्वपाले सच्यायो त्रुटि: पूजा र ध्रुव निर्वाचित हुँदा सोम र कृष्णमान श्रेष्ठ बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...

बुटवल–नारायणगढ सडक: दाउन्ने खण्डमा त्रुटि सुधार प्रयास तीव्र

पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...

जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे प्रिक्वार्टरफाइनलमा

काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।  अमेरिका...

बर्डफ्लु सङ्क्रमण: काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।  केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...

मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्...

भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता

झापा। जल तथा मौसम विज्ञान विभागले  यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन...

वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्कता: भीष्मराज आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ...

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending