कार्तिक १८ गते, २०७५ आइतवार 4th November, 2018 Sun०९:३८:२२ मा प्रकाशित
काठमाडाैँ । पशुपति क्षेत्र विकास समितिअन्तर्गत रहेको धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य गुहेश्वरी पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्विक महत्वका दृश्य चित्रमा उतारे ।
कला कार्यशालाको नवौँ गन्तव्य कलाकारले विश्व सम्पदासूचीमा सुचीकृत गुहेश्वरी र गौरीघाटलाई रोजेर चित्रमा उतारेका हुन् । विगत १५ वर्षदेखि मेरुदण्डको पक्षघात भएका चित्रकार लक्ष्मीभक्त भासिमाले पनि गुहेश्वरी नजिक डिलमा बसेर चित्र कोरे । भासिमाले भन्नुभयो, “चित्रमा गुहेश्वरी वरिपरिका दृश्यलाई राखेँ, ऐतिहासिक दृश्य कोर्न पाउनु गर्वको कुरा हो ।”
यसपालिको चित्रकला कार्यशालामा छ जना महिला, अपाङ्ग र विदेशी चित्रकार पनि सहभागी थिए । अर्का कलाकार सुष्मा श्रेष्ठ र छोरी श्रेया पनि पानी रङ्गले गुहेश्वरीबाट देखिने क्षितिज र पानीका दृश्य उतार्दै थिए । उपत्यकाका कलाकारले हरेक हप्ता यस्तै अभियान चलाएर विभिन्न क्षेत्रका दृश्य उतारिरहेका छन् । फेसबुकबाट भएको मतदानका आधारमा यसपालिको शनिबार उनीहरुले गुहेश्वरी रोजे ।
पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश आचार्य धार्मिक मान्यताअनुसार सतीदेवीको गोप्य अङ्ग पतन भएकाले यहाँ महत्वपूर्ण शक्तिपिठको रूपमा चिनिन्छ । यहाँ लिच्छवीकालदेखिकै संरचनाहरु रहेको र मुख्य मन्दिरहरू प्रताप मल्लको पालामा बनेको उहाँले जानकारी दिए । वास्तुकलाका नियमअनुसार बनाइएको ऐतिहासिक महत्वका मठमन्दिरलाई कलाका माध्यमबाट विश्वभर पहिचान गराउन चित्रले सहयोग गर्ने विश्वास छ आचार्यको । चित्रले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।
कलाकार रामकृष्ण थापाको मास्टर पिस आर्ट ग्यालरी ठमेल घुम्ने क्रममा एक जना अष्ट्रेलियाका कलाकार रे मार्सडेनसँग भेट भयो । आध्यात्मिक क्षेत्रका अमूर्त कलामा रमाउने ‘रे’ ले नेपाली चित्रकारको अभियान थाहा पाएपछि आफू पनि सहभागी हुने इच्छा प्रकट गरेपछि सहभागी गराइएको चित्रकार थापा बताउछन्।
‘रे’ ले सातपटक नेपाल आएको बताउँदै गुहेश्वरी क्षेत्र आफैँमा सुन्दर लागेको प्रतिक्रिया दिनुभयो । नेपालको कला संस्कृति सुन्दर भएकाले यसको संरक्षण गर्नुपर्ने बताउँदै उहाँले नेपाली कलाकारसँगै बसेर शनिबार मृगस्थली क्षेत्रको चित्र उतारे । दुई महीनाअघि दिवेश प्रधान र राकेशचन्द्र श्रेष्ठले हरेक हप्ता कुनै न कुनै नयाँ स्थानमा चित्र कोर्र्ने अभियानको थालनी गरेकाे हो । अहिले अभियानमा स्वतस्फूर्त रूपमा कलाकारहरु चित्र उतार्न आउने गरेका छन् । जुन ठाउँमा पुगिन्छ, त्यही ठाउँका विज्ञहरुलाई ल्याएर वस्तुस्थिति जानकारी लिएपछि चित्र कोर्ने गरेको प्रधानले बताउनुभयो । अर्काे दशौँ हप्तामा भने एक चरणको कार्यक्रम समापन गरी अर्काे चरणको अभियानको सुरुवात गर्ने योजना अभियन्ताहरुको छ ।
दशौँ कार्यशालामा भने अहिलेसम्म कोरिएका चित्रहरु प्रदर्शन गरिने चित्रकार दिवेश प्रधानले बताउनुभयो । अन्तर्राष्ट्रिय जलरङ सोसाइटीका महासचिव दीपेन्द्र बनेपालीले खोला पारीबाट पानीमा मन्दिरको छायाँ उतार्नुभयो । चित्रकार केशवराज खनाल, डि राम पाल्पाली, नरबहादुर विकेले रुखको छायाँमा बसेर गुहेश्वरी मन्दिर र छेउछाउका दृश्यलाई उतारे ।
पुराना तथा अनुभवी चित्रकार केके कर्माचार्य विभिन्न ठाउँमा पुगेर दृश्यावलोकन गरेर चित्र उतार्दा एक त कलाकारले प्रकृतिबाट सिक्ने मौका मिल्ने र अर्काे सम्बन्धित स्थानलाई विश्वभर चिनाउन सहयोग पुग्ने प्रतिक्रिया दिन्छन् ।
“अभियान चलाउन सजिलो छैन”, कर्माचार्यले भन्नुभयो, “यसले ठाउँको विकास गर्छ अनि कलाको प्रदर्शन पनि हुन्छ ।” कलाकारहरुको स्वतस्फूर्त रुपमा शुरु भएको फेसबुक अभियान अहिले प्रभावकारी बन्दै गएको छ ।
यसअघि उनीहरुले खोकना, ठिमी, टेकु, पाटन, हनुमानढोका, चाँगुनारायण, भक्तपुरलगायत क्षेत्रमा पुगेर कार्यशाला गरिसकेका छन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: