कार्तिक १८ गते, २०७५ आइतवार 4th November, 2018 Sun१५:४१:४३ मा प्रकाशित
काठमाडौँ।विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण वातावरणीय समस्या उत्पन्न भएको भन्दै त्यसको निराकरणका लागि स्वच्छ वैकिल्पक ऊर्जालाई बढावा दिनुपर्नेमा जोड दिइएको छ ।
पेट्रोलियम पदार्थको अत्यधिक प्रयोगका कारण मानव एवं जलवायुमा समेत नकारात्मक प्रभाव परेको र त्यसले अल्पविकसित एवं तेस्रो विश्वका देशमा ठूलो प्रभाव परेकाले स्वच्छ ऊर्जा नै उपयुक्त विकल्प रहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले ‘स्वच्छ ऊर्जा सबैका लागि’ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको बताए ।
जलवायु परिवर्तनको प्रभावलाई रोक्नका लागि समेत स्वच्छ वैकल्पिक ऊर्जा जरुरी रहेकाले १५औँ योजनामा त्यसलाई विशेष प्राथमिकताका साथ सम्बोधन गरिने उनले बताए । विश्वव्यापी रुपमा सौर्य र वायु ऊर्जालाई प्राथमिकताका साथ अगाडि बढाइएको र नेपालमा समेत लामो समयदेखि यस क्षेत्रमा सघन प्रयास भइरहेको ओलीको भनाइ थियो । “सङ्घीय प्रणाली अवलम्बन गरिसकेकाले नेपालमा वैकिल्पक ऊर्जाका लागि अवसर र चुनौती दुवै थपिएको छ,” ओलीले भने, “लगानीको मात्रा, प्रविधिको प्रयोग तथा सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट सफलता प्राप्त हुन्छ ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले प्रदेश र स्थानीय तहको क्षमता विकास गर्दै वैकल्पिक ऊर्जाको प्रवद्र्धनमा सहयोग पु¥याउन लागिपर्ने बताए । मन्त्रालयले वैशाख २५ गते सार्वजनिक गरेको श्वेतपत्रमा समेत वैकल्पिक ऊर्जालाई विशेष स्थान दिइएको, हरेक घरमा ऊर्जाको अवधारणा लागू गरिएको उनको भनाइ थियो । कार्बनको व्यापारबाट फाइदा लिने गरी काम गर्न सरकार लागिपरेको घिमिरेले बताए । ग्रामीण क्षेत्रमा उज्यालोका लागि वैकल्पिक ऊर्जाको महत्वपूर्ण भूमिका रहेको र नेपालको सफल प्रयोगलाई अन्य राष्ट्रले समेत सघन रुपमा अबलम्बन गरेको उनले बताए ।
बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग९डिएफआइडी०का टोलीनेता साइमन लुकासले नेपालमा वैकल्पिक ऊर्जाको क्षेत्रमा ठूलो अवसर आएको र त्यसमा आफूहरुले पनि सार्थक सहयोग गर्ने प्रतिबद्धता जनाए। ग्रामीण क्षेत्रको गरिबी निवारण, रोजगारीको खोजी तथा स्वास्थ्य र शिक्षाको प्रवद्र्धनमा समेत वैकल्पिक ऊर्जाको प्रयोग भइरहेको र नेपालले पछिल्लो समयमा गरेको विकास अनुकरणीय रहेको उनको भनाइ थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक साना तथा लघु आयोजनाबाट ७५ मेगावाट विद्युत् उत्पादन गरिएको र १८ प्रतिशत भूभागमा स्वच्छ ऊर्जा उपलब्ध गराइएको जानकारी दिए ।
यस्तै केन्द्रले १८ लाख घरमा सुधारिएको चुलो जडान भएको र त्यसले विद्यालय तथा स्वास्थ्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको ढकालले तथ्याङ्क पेश गरे । सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प तथा दिगो विकास लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जालाई प्रमुख साधान बनाइएको भन्दै आगामी दिनमा ग्रामीण क्षेत्रमा मात्रै नभई शहरी क्षेत्रमा समेत स्वच्छ ऊर्जा प्रवद्र्धन गरिने उनले बताए । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले सरकारी र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्र स्वच्छ ऊर्जाको लक्ष्य हासिल गर्न सकिने बताए । कार्यक्रममा ‘सुप्रविधि स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’बाट नेपाल यन्त्रशाला प्रालि, एमके पेपर मिल्स र पेरुङ कालिका प्रालिलाई सम्मान गरिएको थियो । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: