Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

मौलिकता हराएर आयतित संस्कृतिमा रुपान्तरित हुँदै दीपावली

जुम्ला। धर्म, आस्था र संस्कृतिसँग जोडिएको सप्तरङ्गी टीका, फूलमाला र बत्तीको पर्व ‘दीपावलीअर्थात् भाइटीका’ भातृत्व, सद्भाव र मौलिक सांस्कृति पर्व हो तर पछिल्लो समयमा यसले उच्छृङ्खल संस्कृतिको परिचय लिन थालेको छ । एकातिर यो पर्व भड्किलो बन्दै गएको छ भने अर्कोतिर आयतित संस्कृतिमा रुपान्तरित हुँदैछ । मौलिकता गुमनाम हुने खतरामा छ । श्रम, सिर्जना र त्यसको वास्तविक प्रयोग हुन छोडेको छ । संस्कृति पैसामा बेचिन थालेको भन्दै अग्रज पुस्तामा चिन्ता बढ्न थालेको छ । पछिल्लो समयमा गीत, बाजा, संस्कृतिको समेत आयात हुने संस्कार बढेको छ । हिजो सयपत्री, मखमली, धुपी, दूबोलगायतका स्थानीयस्तरमा बनाइएका माला लगाउने परम्परा पनि हराउँदै गएको छ । संस्कृति पैसामा बिक्री हुँदा, मौलिकता हराउँदै जाँदा मौलिक संस्कृति र पहिचान गुम्ने त्यतिकै खतरा बढेको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य बताउछन् । “खासगरी खस राज्य जुम्लाका संस्थापक बलिराजाले देउसी भैलो संस्कृतिको शुरुवात गरेका हुन्” आचार्यले भने, “मानसरोवर सिमकोट हुँदै पछि नेपालको राजधानी शहर काठमाडौँैलगायत मुलुकका अन्य ठाउँमा पनि यो संस्कृति फैलियो ।” उनले थपे, “हामी त्यसै आएका होइनौँ । बलिराजाले पठाएका भन्ने जस्ता वाक्य भटभट्याउने संस्कृति आजभोलि त्यति धेरै मात्रामा सुन्न पाइँदैन । यसको कारण भनेकै रेडिमेट गीत सङ्गीत पछ्याउनु र त्यसैमा बढी निर्भर हुनु हो ।” पुर्खाको विरासत र इतिहासलाई बचाउन नसके भावी पिँढीसमेत बिलिन भएर जाने उनको भनाइ छ । चन्दननाथ नगरपालिका–७ जुम्लाका स्थानीय ज्येष्ठ नागरिक पदमलाल महतले अहिलेको पुस्तासँग आफ्नो मौलिकता, संस्कृति र त्यसको संरक्षण सम्वद्र्धन गर्ने मामलामा चासो नरहेको जिकिर गरे । “अर्काको नक्कल गरेर हाम्रो संस्कृतिको रक्षा हुँदैन”, महतले भने, “असल संस्कृति, मौलिकपन तथा परम्परा हाम्रो पहिचान र अस्तित्व हुन् । यिनको संरक्षण र प्रवद्र्धनार्थ बेलैमा पहल चाल्नु पर्दछ ।” तातोपानी गाउँपालिका–१ जुम्लाका वीरबहादुर शाही भन्छन्, “ढिचिक्ढिचिक, ड्याङुडुङ्, डिङ्डिङ जस्ता उरेन्ठेउले सङ्गीतले मौलिक सङ्गीतमाथि हमाला गरेको छ ।” त्यतिमात्र होइन, यसले नवीन सिर्जना गर्ने शक्तिलाई कमजोर बनाउँदै लगेको उनको ठहर छ । अहिले भाइटीकामा लगाउने मखमली, सयपत्री, हजारीमाला भन्दा बजारमा नक्कली माला खरीद बिक्री गर्ने होड चलेको उहाँले जनाए । यसले आफ्नै उत्पादन र मौलिकतालाई निरुत्साहित गरेकोप्रति उनले चिन्ता प्रकट गरे । सामाजिक तथा शैक्षिक अभियान्ता मनोज बुढाथोकी मगरले उत्तर आधुनिकवादले नेपाली मौलिकता प्रभावित हुँदै गएको टिप्पणी गरे । “साहित्य, कला, संस्कृति र भाषा हरेक समाजका धरोहर हुन्”, अभियान्ता बुढाथोकी मगरले भने, “यिनको जगेर्ना गर्न र आयातित संस्कृतिलाई रोक्न जरुरी छ ।” त्यसको लागि मौलिक संस्कृति र संस्कारमा आफ्नोपनको विकास गराउनुपर्ने उनको सुझाव छ । रेकर्डिड गीत सङ्गीतले सिर्जनशीलतालाई समाप्त पार्न थालेको जनाउँदै उनले अहिलेको सङ्गीत उत्तेजक मञ्चमा अनुवाद हुन थालेको तर्क गरे। यसले मौलिक बाजा, परम्परा, भावना र सम्बन्ध गाँस्ने परिवेशको समेत विस्थापित गरेको उनले बताए । झ्याली, मादल, बाँसुरी, मुरली, सारङ्गी, खैंजडी जस्ता चीज प्रयोग गर्नेभन्दा बनिबनाउ गीत सङ्गीतमा नाच्ने प्रचलन बढ्नुले खस आर्य र नेपालीपनमा धक्का पुगेको उनको भनाइ थियो । प्रकृति र प्रविधि दुवैलाई समाहित गरेर लैजान सके संस्कृति संरक्षण र विकास हुने उनको दाबी छ । दीपावलीको अवसरमा खेलिने खस आर्य सभ्यताबाट सृजित राजा बलिराज चलाएको देउसी, भैली भूवो र पौराणिक कथनअनुसार यमराजले बहिनी यमुनालाई टीकाटालो गरेबाट दाजुभाइ र दिदीबहिनीमा आपसी माया र सद्भाव साटासाट गर्ने दिनको स्मरणस्वरुप भाइटीका मनाउने प्रथा चलेको बताइन्छ ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending