Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मध्य मेवाखोला जलविद्युत् आयोजना बन्ने

ताप्लेजुङ। मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मेवा डेभलपर्स प्राइभेट लिमिटेडले आगामी पाँच वर्षभित्रै आयोजना निर्माण गरिसक्ने गरी प्रारम्भिक चरणका कार्य थालनी गरेको छ । करीब नौ अर्बको लागत अनुमान गरिएको आयोजना निर्माणका लागि उक्त कम्पनीले दुई वर्षअघि नै सर्वेक्षण अध्ययन अनुमति लिई विस्तृत अध्ययन गर्दै आएको छ । हाल आयोजनाका लागि सडक विस्तार भइरहेको छ भने जग्गा खरिद र पिपीएको कार्य सकिएको कम्पनिका इञ्जिनीयर भानु पोख्रेलले बताए । उनका अनुसार अबको एक वर्षभित्रै आयोजनाको निर्माण कार्य शुरु गरिनेछ । कम्पनीले मङ्सिर ५ गते आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग अन्तक्र्रिया गरेको जनाएको छ । यस्तै फुङ्फुङगे झरना छेउमा इनटेक र लिवाङको नावामा पावर हाउस राख्ने कम्पनीको लक्ष्य रहेको आयोजनाका अध्यक्ष तथा सांसद वसन्तकुमार नेम्वाङले बताए । तीन महीनाभित्र परियोजनाको आइइ प्रतिवेदन आउने इञ्जिनीयर पोख्रेलले जानकारी दिए । फुङ्फुङगे झरना छेउमा ८७ मिटर लम्बाइ र २० मिटर चौडाइको बाँध बाँध्ने, छ किलोमिटर सुरुङ निर्माण गरिने कम्पनीको भनाइ छ । आयोजनाका विभिन्न संरचनामा पुग्न हेडबक्सबाट पावर हाउससम्म करीब आठ किलोमिटर सडक र ढुङ्गेसाँघु सवस्टेशनसम्मको १३२ केभीको करीब १३ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गरिने बताइएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy