Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सवारी दुर्घटनामा परि २८ जनाको मृत्यु

काठमाडौं। डडेल्धुरा, बर्दिया, ईलाम, सिराहा, धनकुटा, धनुषा, काठमाडौं र दार्चुलामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । डडेल्धुरा अम्बरगढी नगरपालिका-११ रधुवास्थित भिमदत्त राजमार्गमा डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको से।१ क २९३ नम्बरको बस सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा बसमा सवार डडेल्धुरा नवदुर्गा गाउँपालिका-३ बस्ने २२ वर्षीय चक्रबहादुर धामी समेत १३ जना पुरुष र ५ जना महिला गरी १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी उपचारको लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएकोमा उनीहरुमध्ये १० जना धनगढी र ७ जना कोहलपुर रिफर भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । बर्दिया गुलरीया नगरपालिका-१ खल्लास्थित सडकमा ३.ख ८५५४ नम्बरको बस बिहीबार दिउसो दुर्घटनामा हुँदा गम्भीर घाइते भएका बर्दिया बाँसगढी नगरपालिका-९ माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १७ जना मध्य ११ जनालाई नेपालगंज नर्सिङहोममा र अन्य ६ जनाको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेकोमा ७ जना डिस्जार्ज भएका छन् । ईलाम ईलाम नगरपालिका-१ साखेजुङस्थित सडकमा मे.१ ज ८१८ नम्बरको ट्याक्सी सडकबाट खसेर बिहीबार दिउसो दुर्घटना हुँदा ट्याक्सीमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय कैलाश गुरुङ र ४३ वर्षीय सुमन खनालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक ईलाम देउमाई नगरपालिका-६ बस्ने ३० वर्षीय रमेश गुरूङ, २० वर्षीय सहचालक सुनिल गुरूङ र २६ वर्षीय तुलसीकुमार बस्नेतको ईलाम अस्पतालमा उपचारमा भइरहेको छ । सिराहा कर्जन्हा नगरपालिका-२ कमलाखोलास्थित सडकमा ना. ४ ख ४८२५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सर्लाही हरीपुर नगरपालिका-९ बस्ने ४५ वर्षीय जगदिश ठाकुर समेत ४६ जना घाइतेहरुलाई मंगलम अस्पताल मिर्चैया र फुलकुमारी मेमोरियल अस्पतालमा पठाइएकोमा ठाकुर समेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ४३ जनाको सोही अस्पतालहरुमा उपचार भइरहेको छ । धनकुटा धनकुटा नगरपालिका-२ स्थित सामुदायिक बनमा को.१ ज १६५४ नम्बरको पिकअप अनियन्त्रित भई बिहीबार बेलुका दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४२ वर्षीय प्रेमबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ३९ वर्षिय फत्तेबहादुर तामाङको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । धनुषा लक्ष्मिनियाँ गाउँपालिका-७ स्थित सडकमा ज.८ प २५७२ नम्बरको मोटरसाइकले ठक्कर दिदाँ गम्भीर घाइते भएका पैदलयात्री बर्दिया बडैयाताल बस्ने ५० वर्षीय शेरबहादुर मगरलाई जनकपुर अञ्चल अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर लैजाने क्रममा बिहीबार दिउसो मृत्यु भएको छ । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका-२६ म्हपीस्थित सडकमा बा.८६ प ६४२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राती दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ललितपुर महानगरपालिका-७ ग्वार्को बस्ने काभ्रे महाभारत गाउँपालिका-५ का २९ वर्षीय रोशन थापाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । दार्चुला मालिकार्जुन गाउँपालिका-३ स्थित सडकमा म.१ ख ४३६ नम्बरको मिनिबस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका अस्फोट भारत बस्ने ४२ वर्षीय अनिल पालको शुक्रबार बिहान मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा उपचार भइरहेको छ
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending