Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

वायुसेवा निगमकाे भवन नजिकै कारको ठक्करबाट गम्भीर घाइतेहरूको अवस्था खतरामुक्त

काठमाडौँ। सुन्धारास्थित नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा अनियन्त्रित कारको ठक्करबाट गम्भीर घाइते भएका एक विदेशीसहित दुईजनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको छ । बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले विहीबार दिउँसो ३।१५ बजे उक्त भवनको पार्किङस्थलबाट निकाल्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिँदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए । घाइतेमध्ये ११ जना सामान्य उपचारपछि घर फर्केका थिए । गम्भीर घाइते भएकी फिलिपिन्सकी नागरिक कोसिआको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र गङ्गामाया राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिनुभयो । गम्भीर घाइते भएकी राईको ब्यूटी बोन भाँचिएको छ, भने कोसियाको कम्मरको हड्डी फुटेको सम्बन्धित अस्पताल स्रोतले जनाएको छ । उक्त कार भीडभाडमा रहेका सर्वसाधारणलाई लतार्दै नजिकै रहेको बसमा ठोकिन पुगेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending